प्रदेश २ को सागरनाथ वनबारे सर्वोच्चको आदेश – केन्द्र सरकारको निर्णय कार्यान्वयन नगर्नु | Khabarhub Khabarhub

प्रदेश २ को सागरनाथ वनबारे सर्वोच्चको आदेश – केन्द्र सरकारको निर्णय कार्यान्वयन नगर्नु


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले प्रदेश २ को सागरनाथ वन परियोजनालाई टिम्बर कर्पोरेसन अफ नेपालमा गाभ्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश दिएको छ ।

प्रदेशभित्रको वनलाई कम्पनीमा रुपान्तरण गरी संघीय सरकारले आफ्नो मातहत ल्याउन खोजेको भन्दै दायर रिटमा सर्वोच्च अदालतले संघीय सरकारसँग कारण माग गरेको हो ।

प्रदेश २ को उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयले दायर गरेको रिटमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलाशले संघीय सरकार गरेको निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।

संघीय सरकारले गत जेठ २३ गते सागरनाथ वन परियोजनालाई दि टिम्बर कर्पोरेशन अफ नेपालमा मर्ज गर्ने निर्णय गरेपछि प्रदेश २ सरकारले गत साउन २३ गते सर्वाेच्च अदालतमा रिट दायर गरेको थियो ।

शुक्रबार संवैधानिक इजलाशले त्यस्तो निर्णय गर्नुको कारण माग गर्दै सो निर्णय यथास्थानमा राख्न पनि आदेश गरेको हो । त्यस्तै यसबारे  मुद्दाका पक्षहरुलाई छलफलमा बोलाएको छ । दुवैपक्षको बहस सुनेपछि संवैधानिक इजलासले यो अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे निर्णय गर्ने छ ।

यो पनि पढ्नुहोस्

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ४ : २५ बजे

धरानस्थित लेदुवा खोलाको पुल सात वर्षदेखि अलपत्र

सुनसरी– धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँमा रहेको लेदुवा खोलामा पुल

एक वर्षअघि बाढीले क्षतिग्रस्त बीपी राजमार्गको अवस्था (तस्बिरहरू)

भक्तपुर– गत असोज दोश्रो साता आएको बाढीपहिरोले क्षति गरेको बीपी

सिर्जनशील टिम बनाउन व्यस्त छु, फोन नगर्नुहोला : शिक्षामन्त्री पुन

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले मन्त्रालयमा सिर्जनशील टिम बनाउन आफू

एसिया कप : आज भारत र बंगलादेश भिड्दै

काठमाडौं – एसिया कपको सुपर फोरमा नेपाल र बंगलादेश भिड्दैछन्

जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका