रविविरुद्ध कञ्चनपुर जिल्ला अदातलमा मुद्दा दायर « Khabarhub

रविविरुद्ध कञ्चनपुर जिल्ला अदातलमा मुद्दा दायर


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– ‘आत्महत्या दुरुत्साहन’ मुद्दामा धरौटीमा रिहा भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा उजुरी परेको छ ।

अदालतको मानहानी गरेको आरोपमा लामिछानेमाथि उजुरी परेको हो ।

निर्मला पन्त बलात्कारपछि भएको हत्यामा प्रमाण नष्ट गरेको आरोपमा निलम्बनमा रहेका प्रहरी नायव उपरीक्षक(डीएसपी) अंगुर जिसीलाई टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता लिएको र अदालतले निर्दोष सावित गरेका दिलिपसिंह विष्टलाई दोषी किटान गरी अदालतको मानहानी गरेको आरोपमा दिलिपका दाजू खड्क विष्टले जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरेका हुन् ।

केही सात अघि लामिछानेले आफ्नो टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ मा निर्मला प्रकरणबारे कार्यक्रम सञ्चालन गरेका थिए । जहाँ उनले कञ्चनपुरका पत्रकार खेम भण्डारी र निलम्बित डीएसपी जिसीलाई राखेर कार्यक्रम सञ्चालन गरेका थिए ।

जिल्ला अदालत कञ्चनपुरका श्रेष्तदार हरिकष्ण अवस्थीले अदालतको मानहानी भएको भन्ने आरोपमा जाहरी परेको र आगामी सोमवार उक्त निवेदन न्यायधीश समक्ष पेश हुने बताए ।

टेलिभिजन प्रस्तोता लामिछाने पूर्व सहकर्मी शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्त हुन् । उनी विरुद्ध जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहनको मुद्दा चलिरहेको छ । लामिछाने गत आइतवार पाँच लाख धरौटीमा छुटेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ५ : १८ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग