भित्र्याइयो कुश,मनाइयो पितृ सम्मान दिवस « Khabarhub

भित्र्याइयो कुश,मनाइयो पितृ सम्मान दिवस


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भाद्र कृष्ण औँशीका दिन मनाइने बुबाको मुख हेर्ने पर्व शुक्रबार पिताप्रति आदरभाव प्रकट गरी मीठा चीजबीज खान र राम्रा कपडा लगाउन दिएर मनाइएको छ ।

यस पर्वमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मनपर्ने मिठाई तथा भोजन खुवाइ आदर सम्मान प्रकट गरी बुबाको मुख हेरेका छन् । बुबा नहुनेले भने विभिन्न पवित्रस्थानमा गई बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिएका छन् ।

शुक्रबारको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लागेको थियो ।

शुक्रबारको औँशीलाई ‘गोकर्णे औँशी’का नामले पनि चिनिन्छ । शुक्रबार गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदा दान गर्नेको भीड लागेको थियो । मन्दिरमा शुक्रबार करीब तीन लाख ५० हजारभन्दा बढी भक्तजनको उपस्थिति रहेको पूजारी जगदीशचन्द्र भट्टले जानकारी दिए ।

यसवर्ष गोकर्णेश्वरको मेला विगत वर्षभन्दा व्यवस्थित पाइएको काभ्रेपलाञ्चोकको मण्डन देउपुरबाट श्राद्ध गर्न आउनुभएका लक्ष्मणप्रसाद ढकालले सुनाए ।  वाग्मती सुन्दरता सरोकार मञ्चले ‘नदीमा फोहर नफालौँ’ भन्दै दिनभर जनचेचनामूलक अभियान सञ्चालन गरेको थियो । सो अभियान गोकर्णेश्वर महादेव मन्दिरबाट उत्तरगयास्थित कान्तिभैरव मन्दिरसम्म चलाइएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जनाए ।

यसैगरी रसुवाको बेत्रावती, देवघाटलगायत दोभान र त्रिवेणीमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध र तर्पण गर्ने भक्तजनको लर्को लागेको थियो । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप शुक्रबारका दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाइ आशिर्वाद प्राप्त गरेमा सुख मिल्छ ।

आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले यसलाई पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । अरु दान दिन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

भित्र्याइयो कुश

घर घरमा पवित्र कुश भित्र्याएर कुशे औँशी पर्व शुक्रबार वैदिक सनातन धर्मावलम्बीले मनाएका छन् । वर्षभरि देवकार्य तथा पितृकार्यलगायत धार्मिक क्रियाकलापमा प्रयोग गरिने कुश शुक्रबारै वैदिक मन्त्रोच्चारणपूर्वक छेदन गरी घरमा राखिन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

शुक्रबारका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिन्छ । अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्षसमेत रहनुभएका धर्मशास्त्रविद् गौतमले बताए ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्छन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको शास्त्रीय मान्यता छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ६ : ५१ बजे

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने