मानव सेवा आश्रमलाई काठमाडौं महानगरले दियो सवारी साधन « Khabarhub

मानव सेवा आश्रमलाई काठमाडौं महानगरले दियो सवारी साधन


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सडकमा भएका बेवारिसे व्यक्तिहरुलाई उद्धार तथा व्यवस्थापन कार्यमा प्रयोग गर्ने गरी काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमलाई १ थान सवारी साधन हस्तान्तरण गरेको छ ।

शुक्रबार एक कार्यक्रमको महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई बोलेरो गाडी सम्बन्धि कागजपत्र र साँचो हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रमुख शाक्यले समृद्ध महानगर निर्माणका लागि आन्तरिक सुधारका कार्यक्रमसँगै वाह्य साझेदारिता र समन्वय बढाइएको बताए।

वातावरणमैत्री सवारी प्रवर्धनका लागि साझा यातायातसँग अघि बढाएको साझेदारिता कार्यक्रममा अहिले प्रदेश र संघ सरकारको पनि लगानी थपिएको छ । त्यसमा संकलन भएको ३ अर्व ४५ करोड रुपैयाँ खर्च गरेर बिद्युतीय सवारी साधन खरिद गर्दैछौं । यता मानव सेवा आश्रमसँग वेसहारा मानिसको उद्धार, उपचार, खानपान र बासका लािग थालिएको साझेदारिताबाट ५४५ जना सहयोगापेक्षीमा लाभ पुगेको छ ।

मेयर शाक्यले भने, ‘सहरी समृद्धिका लागि बाह्य सञ्जालको कुरा गर्दै सवारी साधन मेरो भूगोलमा मात्र गुडाउँछु भन्दा अपरिपक्व हुन्छ । मेरो ठाउँमा मात्र सफा भए पुग्छ भनेर कार्यक्रम गरियो भने बाहिरको फोहोर आएर उस्तै हुन्छ । त्यसैले भित्र र बाहिर दुवैतिरको सुधारमा हाम्रो कार्यक्रम अघि बढेको छ ।’

कार्यक्रममा प्रदेश सभा सदस्य दीपक निरौलाले पारिवारिक र सामाजिक कारण अलपत्र परेका मानिसलाई परिवारमा पुनर्मिलन गराउने कामको प्रशंशा गर्दै, यसमा प्रदेश सरकार पनि साझेदार बन्न तयार रहेको बताए । त्यस्तै, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले मानव सेवा आश्रमसँग मिलेर गरेको कामबाट आत्म सन्तुष्टि प्राप्त हुने गरेको बताइन् ।

महानगरसँग आश्रमले सहमति गरेपछिका उपलब्धीका बिषयमा कुरा गर्दै आश्रमका प्रमुख संरक्षक डा गोबिन्द टण्डनले २०८२ सम्ममा नेपाललाई सहयोगापेक्षी सडकमानवरहित बनाउने योजना महानगरको सहयोगमा लक्ष्य अघि नै पूरा गर्न सकिने संकेत देखिएको बताए ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १० : ४५ बजे

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

दोहा – इरानले गरेको पछिल्लो क्षेप्यास्त्र प्रहारबाट कतारको मुख्य औद्योगिक