अपहरणमा परेका पाँच वर्षीय बालकको उद्धार | Khabarhub Khabarhub

अपहरणमा परेका पाँच वर्षीय बालकको उद्धार


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहा प्रहरीले अपहरणमा परेका पाँच वर्षीय बालकको सकुशल उद्दार गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले शुक्रबार पत्रकार सम्मेलन गर्दै अपहरण परेका बालकको उद्दार गरिएको जानकारी दिएको हो ।

अपहरणकारीले आफ्नी भागेकी पत्नीलाई फिर्ता पाउन बालकलाई अपहरण गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी अपिलराज बोहराले जानकारी दिए । अपहरणकारीले बालकलाई अपहरण गरी आफ्नी भागेकी श्रीमती फिर्ता ल्याइदिन दवाव दिएका थिए ।

सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित शङ्कर कार्कीको घरमा डेरा गरी बस्ने बच्चा यादवको पाँच वर्षीय छोरा शिवम् यादवलाई मुखियाले गत भदौ १० गते अपहरण गरेका थिए ।

रौतहट जिल्लाको कटहरिया नगरपालिका–६ का बच्चा यादव र भारतको सितामढीका शोभित मुखिया छ महिनादेखि कार्कीको घरमा डेरागरी बस्दै आएका थिए ।

गत भदौ २ गते उनकी पत्नी सुरेखा मुखिया भागेर बेपत्ता भएपछि शोभितले आफ्नो पत्नी भगाउन बच्चा यादव र उनकी पत्नी सुखनीदेवी मुखिया यादवले सहयोग गरेको आरोप लगाउँदै बालकलाई अपहरण गरेका थिए ।

प्रहरीले मुखियालाई सर्लाहीको विष्णु गाउँपालिका–५ स्थित नेपाल भारतको सीमाबाटै पक्राऊ गरेको हो । बालकलाई सकुसल उद्दार गरी परिवारको जिम्मा लगाएको छ । घट्नामा संलग्न अपहरणकारीलाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ७ : ५० बजे

जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

काठमाडौं– गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका

काँकरभिट्टा नाकाबाट दुई महिनामा करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो दुई महिनामा काँकरभिट्टा

धवलागिरिका ४४० घरमा खानेपानी सुविधा विस्तार

म्याग्दी– धवलागिरि गाउँपालिकामा यस वर्ष निर्माण सम्पन्न भएका दुईवटा योजनामार्फत

यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गाजामा तुरुन्त युद्ध रोक्न ट्रम्पको आग्रह, राष्ट्रसंघमा अरू के भने ?

न्यूयोर्क– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभामा