घुस लिएको अभियोगमा मुद्दा दायर « Khabarhub

घुस लिएको अभियोगमा मुद्दा दायर


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यलगायत अन्य दुई कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रमको पेश्की फछ्र्योट गरिदिने भन्दै सेवाग्राहीसँग रु एक लाख ३० हजार घुस लिएको आरोपमा आयोगले निमित्त प्रमुख आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशङ्कर शर्माविरुद्ध आरोपपत्र दायर गरेको हो ।

यसैगरी आयोगले यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गम्भीर सिंह विष्ट, भुवन जोशी अधिकृत ९सातौँ० र अधिकृत जयराज कारीगरलाई रु एक लाख ६६ हजार १०० घुससहित नियन्त्रणमा लिएको छ ।

सवारी साधन बिक्री गरी नामसारी गरिदिएबापत उनीहरुले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा खटिइएको आयोगको टोलीले घुससहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ८ : १५ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी