घुस लिएको अभियोगमा मुद्दा दायर « Khabarhub

घुस लिएको अभियोगमा मुद्दा दायर


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यलगायत अन्य दुई कर्मचारीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रमको पेश्की फछ्र्योट गरिदिने भन्दै सेवाग्राहीसँग रु एक लाख ३० हजार घुस लिएको आरोपमा आयोगले निमित्त प्रमुख आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशङ्कर शर्माविरुद्ध आरोपपत्र दायर गरेको हो ।

यसैगरी आयोगले यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गम्भीर सिंह विष्ट, भुवन जोशी अधिकृत ९सातौँ० र अधिकृत जयराज कारीगरलाई रु एक लाख ६६ हजार १०० घुससहित नियन्त्रणमा लिएको छ ।

सवारी साधन बिक्री गरी नामसारी गरिदिएबापत उनीहरुले सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा खटिइएको आयोगको टोलीले घुससहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ८ : १५ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग