धरहरा पुनर्निर्माणको अवलोकनमा पुगेको टोलीमाथि स्थानीयबाट अवरोध | Khabarhub Khabarhub

धरहरा पुनर्निर्माणको अवलोकनमा पुगेको टोलीमाथि स्थानीयबाट अवरोध


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं– धरहरा पुनःनिर्माणको काम सुरु गरिएको भएपनि स्थानीयबासीको माग सम्बोधन नभएका कारण पुनर्निर्माणमा समस्या देखिएको छ ।

धरहरा पुननिर्माणको काम सुरु गर्नुपुर्व स्थानीयवासीसँग छलफल नगरेका कारण अहिले दैनिकजसो निर्माण कम्पनी र स्थानीवासीबीच भनाभन तथा विवादको अवस्था देखिने गरेको छ ।

शुक्रबार पनि धरहरा पुननिर्माण स्थलमा यस्तै दृश्य देखियो । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अवलोकन टोलीलाई स्थानीयले अवलोकन गर्नबाटै रोक्ने प्रयास गरे ।

राष्ट्रिय पुननिर्माणको प्राधिकरणका पदाधिकारी, निर्माण कम्पनी, कन्सल्टेण्ट, प्राविधिक स्थानीय जनप्रतिनिधि र पत्रकारहरु सम्मिलित टोलीलाई स्थानीयले अवलोकन गर्नबाट रोक्ने प्रयास गरेका थिए । सो क्रममा केही बेर भनाभन र धरपकडको अवस्था समेत आएको थियो ।

काठमाण्डौ महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले धरहरा निर्माण संगै स्थानीयको सामाजिक, आर्थिक तथा सांस्कृतिक मुल्य मान्यताको संरक्षण गर्नुपर्ने बताए ।

उनले स्थानीयको भावनासंग गाँसिएका कुराहरुमा विचार नपुर्याउँदा समस्या श्रृजना भएको उल्लेख गरे । उनले स्थानीय रुपमा बर्षौदेखि कायम सांस्कृति मार्गहरुको संरक्षण गरिनुपर्ने र धरहरा हेर्नकै लागि पैसा तिर्नुपर्ने अवस्था आउन नहुने तर्फ प्राधिकरणको ध्यानाकर्षण गराए ।

स्थानीयको ऐतिहासिक महत्वको विषय हेर्न पनि टिकट काट्नुपर्ने व्यवस्था गरी धरहरालाई व्यापारीकण गर्ने हो भने त्यसको विरोध गर्दै आफ्नै वडाले धरहरा बनाउने चेतावनी दिए । स्थानीय राजेश डंगोलले सर्वाधिक चासो र महत्वको विषयको धरहरा पुननिर्माण बारे सरकारले स्थानीयवासीसंग छलफल र समन्वय नगरेको गुनासो पोखे ।

संयुक्त अवलोकन पछि राष्ट्रिय पुननिर्माण प्राधिकरणका वरिष्ठ इन्जिनियर धु्रव प्रसाद पौडेलले धरहराको भित्रि ंसंरचना आधुनिक बनेपनि बाहिरी संरचना पुरानै स्वरुपमा निर्माण गरिने बताए । उनले अध्ययन अनुसन्धानका लागि पुरानो संरचनालाई पनि सुरक्षित राखिने बताए ।
निर्माणका क्रममा आवश्यकता अनुसार स्थानीय जनप्रतिनिधिहरु संग पनि निर्माण छलफल गरिएको उनको दाबी थियो । भ्रष्टाचार अनुगमनमा काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले स्थानीयको माग सम्बोधन गरेर निर्माण प्रक्रिया अघि बढाउनुपर्ने बताएको छ ।
वरिष्ठ अधिकृत बबिता शर्माले स्थानीयवासीमा सामाजिक सांस्कृतिक रुपमा रहेको विमति प्राधिकरणले सम्बोधन गर्नुपर्ने प्रतिक्रिया दिइन् । धरहरालाई व्यापारीकरण खोजिएको भन्दै सर्वत्र विरोध भएपछि निर्माणको सम्पूर्ण जिम्मा संघीय सरकारले लिएर प्राधिकरणको नेतृत्वमा निर्माण प्रक्रिया सुरु गरिएको थियो ।

ट्रान्सपरेन्सीले २० प्रतिशत निर्माण कार्य सम्पन्न भएको पनि जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले शुक्रबार नै रानी पोखरी निर्माण कार्यको पनि अवलोकन गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ९ : ३० बजे

महिलालाई बहुविवाह कसुरमा सजाय – ‘समानताको फेरो समाएर प्रताडित बनाउने आशय’

काठमाडौं – कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले महिलाले बहुविवाह

आँखा उपचार नपुगेका ठाउँमा सेवा विस्तार गर्न मन्त्रालय र नेत्रज्योती संघबीच सम्झौता

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल नेत्रज्योति संघबीच उपचार

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

घोडाघोडी– हावाहुरीका कारण ढलेको रूखले च्यापिएर आज कैलालीमा पूर्वक्याम्पस प्रमुखको

खोटाङमा सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय

खोटाङ– रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित दम्कुमा ८० घर स्थानीयको बसोबास छ ।

उत्पादनबिनाको वितरणले समस्या निम्त्यायाे : कांग्रेस उपसभापति गुरुङ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उत्पादनबिनाको वितरणले समाजवादको बाटो