नेपाल टेलिकममा संस्थागत भ्रष्टाचार मौलाएको भन्दै खबरदारी | Khabarhub Khabarhub

नेपाल टेलिकममा संस्थागत भ्रष्टाचार मौलाएको भन्दै खबरदारी


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमको खस्कँदो नाफा तथा परियोजनाहरुमा हुने संस्थागत भ्रष्टाचार मौलाएको भन्दै नागरिक अभियान नेपालको आह्वानमा शुक्रबार नागरिकहरुले खबरदारी सभा गरेका छन् ।

काठमाडौँको भद्रकालीस्थित टेलिकम कार्यालय अगाडि भएको खबरदारी सभामा वरिष्ठ अधिवक्ता ज्योति बाँनिया, भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही, नागरिक अभियान नेपालका हरेराम रिमाल लगायतले टेलिकमको आम्दानी घट्दै जाँदा पनि सरकार र सरोकारवालाहरु सजग नभएको भन्दै चिन्ता व्यक्त गरे ।

भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीले निजी कम्पनी एनसेल अड्डा अदालतबाट करमा पनि छुट हुँदै जाने, नाफा बढाउँदै जाँदा नेपाल टेलिकमको आम्दानी भने घट्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने –‘सरकार संस्थानलाई देख्नै नहुने भयो, ४४ संस्थान हिजोका दिनमा कौडीको भाऊमा बेचिए, अब टेलिकम पनि त्यस्तै बनाउन खोजिएको छ ।’

उनले फोर जी विस्तारमा नेपाल टेलिकमका अधिकारी विभागीय मन्त्रीसँग मिलेर संस्थागत भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । उनले भने –‘अहिलेका मन्त्री बाँस्कोटाले नेपाल टेलिकम पनि घाटामा लगेर निजीकरणमा लैजान लागे । ४ अर्बमा एनसेलले फोरजी विस्तार गर्न सक्छ । नेपाल टेलिकमलाई किन १८ अर्ब ? नीतिगत भ्रष्टाचार भएको छ ।’

भ्रष्टाचारका लागि चिनियाँ टेलिकम्युनिकेश हुवावेको डिजाइन रहेको तर्क गर्दै उनले भने–‘अहिले कामको खोजीमा ८० लाख युवा विदेशिएका छन् । तर अर्बौँका परियोजना ओगट्ने हुवावे र उसका कम्पनीहरुले नेपालमा विदेशी कामदार नै ल्याएका छन् ।’

सभामा वरिष्ठ अधिवक्ता ज्योति बाँनियाले नेपाल टेलिकमका कर्मचारी नै टेलिकम बचाउन लाग्नुपर्नेमा विदेशीको प्रभावमा चुप बसेको बताए । उनले भने –‘टेलिकम धराशायी बन्न लागेकाले शासक जिम्मेवार बन्नुपर्छ । फोरजी लगायतमा भएको भ्रष्टाचार र टेलिकमको खस्कँदो नाफाबारे जाँचबुझ आयोग गठन गर्नुपर्छ ।’

नागरिक अभियानका हरेराम रिमालले कर छली गरेर राज्य ठग्ने एनसेलबारे सर्बोच्च अदालतमा फैसलासमेत उल्टिनु, एनसेलले कर छली गर्नुलाई आशंकाको विषय भएको बताए । ठूला परियोजनामा नेपालीले नै काम पाउनुपर्ने भन्दै टेलिकमका ठूला परियोजना ओगटेका कम्पनीहरुले नेपालीहरुलाई नै काम दिनुपर्ने बताए ।

सभामा झण्डै एक सय उपस्थित थिए । सभामा सहभागीहरुले निजी कम्पनी र नेपाल टेलिकमका परियोजना ओगट्ने हुवावे लगायतका कम्पनीका कारण टेलिकम धराशायी बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १० : ३२ बजे

महालेखाको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस, गण्डकीमा १० प्रतिशत ​​​​​​​बेरुजु थपियो 

पोखरा– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष महालेखा परीक्षक कार्यालयले

भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा

भोजपुर–  यहाँको रामप्रसाद राई गाउँपालिका ४ दलगाउँको दितेनीस्थित चुलाचुली गुफा

प्रतिनिधिसभामा दुई प्रतिवेदन पेस

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा दुई संसदीय समितिको छुट्टाछुट्टै वार्षिक प्रतिवेदन

प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको भेट, नेपाल-रुस सम्बन्धबारे छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग रुसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु

एमाले सांसद घर्ती भन्छिन्- ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको पक्षमा

काठमाडौं- नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले ‘सगरमाथा संवाद’ जलवायु परिवर्तनको