प्रसूति गृहमा महिला र पुरुषका लागि छुट्टाछुट्टै बिरामी कुरुवा घर सञ्चालन « Khabarhub

प्रसूति गृहमा महिला र पुरुषका लागि छुट्टाछुट्टै बिरामी कुरुवा घर सञ्चालन


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा अब पुरुषले पनि बिरामी कुर्न पाउने भएका छन् ।

अस्पतालले पुरुष र महिला दुवैका लागि छुट्टाछुट्टै कुरुवाघर सञ्चालनमा ल्याएपछि पुरुषले पनि रातको समयमा बिरामी कुर्न पाउने भएका हुन् ।

बिरामी कुरुवाका लागि अस्पतालले ३५ जना महिला र ३५ जना पुरुष बस्न मिल्ने कुरुवा घर सञ्चालनमा ल्याएको हो । अस्पतालले यसअघि रेकर्ड सेक्सन भएको हललाई कुरुवाघर रुपमा  शुरुवात गरेको छ ।

अस्पतालको नयाँ भवन सञ्चालनमा आएपछि रेकर्ड सेक्सनलाई अन्यत्र सारेर कुरुवाघर सञ्चालनमा ल्याइएको अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतमले बताए ।

‘यो प्रसूति गृह केन्द्रीय अस्पताल हो, कुरुवा घर नहुँदा रातको समयमा पुरुष कुरुवाहरु बस्न पाउदैनथे, महिलाहरुकै लागि पनि सुरक्षित थिएन,’ डा गौतमले भने, ‘बिरामी कुरुवाको सहजताको लागि हामीले पुरुष र महिलाका लागि छुट्टै कुरुवा घरको व्यवस्था गरेका छौं । अब रातको समयमा पुरुष पनि बस्न पाउनेछन् ।’

अस्पतालले प्रसूति गृहमा पुरुषका लागि कुरुवा घरको व्यवस्थापन गरे पनि सूत्केरी महिलाको वार्डमा प्रवेश गर्न भने निषेध गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ६ : ०८ बजे

बागमती प्रदेशमा तीनदिन ‘गणतन्त्र दिवस २०८३’ मनाइने

बागमती– बागमती प्रदेश सरकारले तीनदिन विभिन्न कार्यक्रम गरी ‘गणतन्त्र दिवस

अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो

एजेन्सी– अमेरिकी सेनाले दक्षिणी इरानमा क्षेप्यास्त्र प्रक्षेपण स्थल र खानी

 विधेयकमा शिक्षा मन्त्रालयले माग्यो सुझाव

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ‘प्राविधिक तथा व्यावसायिक तालिमसम्बन्धी संशोधन

प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा ३० मिनेट ढिला सुरु

तोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज छापावाला सुनको मूल्य तोलामा रु एक