प्रसूति गृहमा महिला र पुरुषका लागि छुट्टाछुट्टै बिरामी कुरुवा घर सञ्चालन « Khabarhub

प्रसूति गृहमा महिला र पुरुषका लागि छुट्टाछुट्टै बिरामी कुरुवा घर सञ्चालन


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा अब पुरुषले पनि बिरामी कुर्न पाउने भएका छन् ।

अस्पतालले पुरुष र महिला दुवैका लागि छुट्टाछुट्टै कुरुवाघर सञ्चालनमा ल्याएपछि पुरुषले पनि रातको समयमा बिरामी कुर्न पाउने भएका हुन् ।

बिरामी कुरुवाका लागि अस्पतालले ३५ जना महिला र ३५ जना पुरुष बस्न मिल्ने कुरुवा घर सञ्चालनमा ल्याएको हो । अस्पतालले यसअघि रेकर्ड सेक्सन भएको हललाई कुरुवाघर रुपमा  शुरुवात गरेको छ ।

अस्पतालको नयाँ भवन सञ्चालनमा आएपछि रेकर्ड सेक्सनलाई अन्यत्र सारेर कुरुवाघर सञ्चालनमा ल्याइएको अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतमले बताए ।

‘यो प्रसूति गृह केन्द्रीय अस्पताल हो, कुरुवा घर नहुँदा रातको समयमा पुरुष कुरुवाहरु बस्न पाउदैनथे, महिलाहरुकै लागि पनि सुरक्षित थिएन,’ डा गौतमले भने, ‘बिरामी कुरुवाको सहजताको लागि हामीले पुरुष र महिलाका लागि छुट्टै कुरुवा घरको व्यवस्था गरेका छौं । अब रातको समयमा पुरुष पनि बस्न पाउनेछन् ।’

अस्पतालले प्रसूति गृहमा पुरुषका लागि कुरुवा घरको व्यवस्थापन गरे पनि सूत्केरी महिलाको वार्डमा प्रवेश गर्न भने निषेध गरेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ६ : ०८ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज