नेपाल दक्षिण एसियाकै पहिलो ‘खुला दिसामुक्त राष्ट्र’ घोषित « Khabarhub

नेपाल दक्षिण एसियाकै पहिलो ‘खुला दिसामुक्त राष्ट्र’ घोषित


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले सोमबार संघीय राजधानी काठमाडौंमा आयोजना गरेको समारोहमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा गरेका हुन् ।

नेपालका ७५३ स्थानीय तह र ७७ जिल्लाले गरेको खुला दिसामुक्त क्षेत्र घोषणा कार्यलाई सदर गर्दै नेपाललाई खुला दिसामुक्त घोषणा गरिएको हो ।

सोमबारको घोषणासँगै नेपाल दक्षिण एसियाकै पहिलो ‘खुला दिसामुक्त राष्ट्र’ भएको दाबी गरिएको छ । नेपालभन्दा २ दिन पछि (२ अक्टोबर) मा भारतले पनि आफूलाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने कार्यक्रम छ ।

दक्षिण एसियामा सन् २००३ पछि खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान शुरु भएको मानिन्छ । सन् २००३ को अक्टोबरमा बंगलादेशको ढाकामा दक्षिण एसियाका ८ वटा राष्ट्र नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सको खानेपानी तथा सरसफाई सञ्जालको संयुक्त बैठक बसेको थियो ।

त्यसपछि उक्त सञ्जालका बैठकहरु सन् २००६ को सेप्टेम्बरमा पाकिस्तानमा, सन् २००८ को नोभेम्बरमा भारतको दिल्लीमा, सन् २०११ को अप्रिलमा श्रीलंकामा बसेका थिए ।

दक्षिण एसियाली खानेपानी तथा सरसफाई सञ्जालको बैठकमा भएका निर्णयकै आधारमा नेपालले २०६८ सालमा सरसफाइ गुरुयोजना तयार गरी लागू गरेको थियो ।

उक्त योजना लागू भइसकेपछि तत्कालीन गाउँ विकास समिति (गाविस) र नगरपालिकासँगै जिल्लाहरुलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम शुरु भयो । पहिलोपटक खुला दिसामुक्त घोषणा भएको जिल्लामा कास्की पर्छ । कास्कीलाई २०६८ सालको असार १० गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ३ : ५६ बजे

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको