५ सय साउदी सैनिकलाई मारेको हुथी विद्रोहीको दाबी « Khabarhub

५ सय साउदी सैनिकलाई मारेको हुथी विद्रोहीको दाबी


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यमन–  इरान सरकारको समर्थन रहेका हुथी विद्रोहीहरुले करिब ५ सय भन्दा धेरै साउदी सैनिकहरुलाई मारेको र अन्य २ हजार जनालाई कैदमा राखिएको दाबी गरेका छन् ।

साउदी अरेबियाको दक्षिण भागमा पर्ने नाजरान नजिकै रहेको स्थानमा हुथी विद्राहीहरुले आक्रमण गरेका जनाइएको छ ।

साउदी अरेबियाका अधिकारीहरू हुथीको विरूद्ध सैन्य गठबन्धनको नेतृत्वमा कारबाही गर्ने र पक्राऊ गर्ने गरेका विद्रोहीहरुले दाबी गरेका थिए ।

दर्जनौ क्षेप्यास्त्र र ड्रोन आक्रमणमा ५ सयभन्दा बढी साउदी सेनाहरु मारिएका हुथी विद्रोहीका प्रवक्ता याह्या सरीले बताएका छन् ।

यसैगरी २ हजार भन्दा बढी लडाकूलाई कैद गरिएको पनि उनले बताएका छन् । कैदमा रहेकाहरुमा प्रायः यमनी नै रहेका उनको दाबी रहेको छ ।

अगस्त २५ बाट भएका उक्त आक्रमणहरु भीषण भएको उनले बताएका छन् । तर यस आक्रमणको पुष्टि किन करिब एक महिना पछाडी गरियो भन्ने विषयमा भने केही भनिएको छैन ।

हुथी विद्रोहीले गरेको यस दाबीको साउदी अरेबियाआवद्ध संयुक्त गठबन्धनले भने कुनै टिप्पणी गरेको छैन ।  अगस्त महिनाको अन्त्यमा यमनको एक सरकारी स्रोतले २०० भन्दा बढी सरकार समर्थक लडाकू मारिएका एएफपी समाचार समितिलाई जानकारी दिएको थियो । तर आक्रमणमा लगभग १३ सय लडाकूहरू पक्राउ परेका र यसमध्ये २८० घाइते पनि रहेका जनाइएको थियो ।

उक्त स्रोतका अनुसार यमनी सेनालाई विद्रोहीहरुको बलिायो प्रभाव रहेको उत्तरी सादा प्रान्तमा हुथीहरूले चार दिनसम्म घेरा बन्द गरेका थिए ।

हुथी विद्रोहीहरुले हालैका हप्ताहरूमा थुप्रै ठूला घोषणाहरू गरेका छन् जसमा लामो समयदेखि चलिरहेको युद्धको अन्त्यका लागि साउदी अरेबियालाई ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र हमला रोक्न प्रस्ताव गरिएको छ ।

गत सेप्टेम्बर १५ मा साउदी तेल प्रशोधन केन्द्रमा भएको भीषण आक्रमणको विद्रोहीहरूले जिम्मेवारी पनि लिएका छन् । सन् २०१५ को मार्चमा हुथीहरूले देशको धेरैजसो भागमा कब्जा गरेका थिए । जसमा राजधानी साना पनि रहेको थियो । यमनमा शुरु भएको यस गृहयुद्धको क्रममा यमनका राष्ट्रपति अबेद्रबो मन्सूर हादी पनि साउदी अरेबियाको शरण लिन पुग्नु भएको थियो ।

यो द्वन्द्वले लाखौंलाई विस्थापित गरेको छ र दुई तिहाइ भन्दा बढी जनसंख्यालाई सहयोगको खाँचो परेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ४ : ३० बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर– भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै

बजार अनुमगनलाई तिव्रता दिँदै विभाग

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौंका विभिन्न

२४ घण्टामा देशभर २२ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बिहान

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्दैछ।