५ सय साउदी सैनिकलाई मारेको हुथी विद्रोहीको दाबी « Khabarhub

५ सय साउदी सैनिकलाई मारेको हुथी विद्रोहीको दाबी


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यमन–  इरान सरकारको समर्थन रहेका हुथी विद्रोहीहरुले करिब ५ सय भन्दा धेरै साउदी सैनिकहरुलाई मारेको र अन्य २ हजार जनालाई कैदमा राखिएको दाबी गरेका छन् ।

साउदी अरेबियाको दक्षिण भागमा पर्ने नाजरान नजिकै रहेको स्थानमा हुथी विद्राहीहरुले आक्रमण गरेका जनाइएको छ ।

साउदी अरेबियाका अधिकारीहरू हुथीको विरूद्ध सैन्य गठबन्धनको नेतृत्वमा कारबाही गर्ने र पक्राऊ गर्ने गरेका विद्रोहीहरुले दाबी गरेका थिए ।

दर्जनौ क्षेप्यास्त्र र ड्रोन आक्रमणमा ५ सयभन्दा बढी साउदी सेनाहरु मारिएका हुथी विद्रोहीका प्रवक्ता याह्या सरीले बताएका छन् ।

यसैगरी २ हजार भन्दा बढी लडाकूलाई कैद गरिएको पनि उनले बताएका छन् । कैदमा रहेकाहरुमा प्रायः यमनी नै रहेका उनको दाबी रहेको छ ।

अगस्त २५ बाट भएका उक्त आक्रमणहरु भीषण भएको उनले बताएका छन् । तर यस आक्रमणको पुष्टि किन करिब एक महिना पछाडी गरियो भन्ने विषयमा भने केही भनिएको छैन ।

हुथी विद्रोहीले गरेको यस दाबीको साउदी अरेबियाआवद्ध संयुक्त गठबन्धनले भने कुनै टिप्पणी गरेको छैन ।  अगस्त महिनाको अन्त्यमा यमनको एक सरकारी स्रोतले २०० भन्दा बढी सरकार समर्थक लडाकू मारिएका एएफपी समाचार समितिलाई जानकारी दिएको थियो । तर आक्रमणमा लगभग १३ सय लडाकूहरू पक्राउ परेका र यसमध्ये २८० घाइते पनि रहेका जनाइएको थियो ।

उक्त स्रोतका अनुसार यमनी सेनालाई विद्रोहीहरुको बलिायो प्रभाव रहेको उत्तरी सादा प्रान्तमा हुथीहरूले चार दिनसम्म घेरा बन्द गरेका थिए ।

हुथी विद्रोहीहरुले हालैका हप्ताहरूमा थुप्रै ठूला घोषणाहरू गरेका छन् जसमा लामो समयदेखि चलिरहेको युद्धको अन्त्यका लागि साउदी अरेबियालाई ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र हमला रोक्न प्रस्ताव गरिएको छ ।

गत सेप्टेम्बर १५ मा साउदी तेल प्रशोधन केन्द्रमा भएको भीषण आक्रमणको विद्रोहीहरूले जिम्मेवारी पनि लिएका छन् । सन् २०१५ को मार्चमा हुथीहरूले देशको धेरैजसो भागमा कब्जा गरेका थिए । जसमा राजधानी साना पनि रहेको थियो । यमनमा शुरु भएको यस गृहयुद्धको क्रममा यमनका राष्ट्रपति अबेद्रबो मन्सूर हादी पनि साउदी अरेबियाको शरण लिन पुग्नु भएको थियो ।

यो द्वन्द्वले लाखौंलाई विस्थापित गरेको छ र दुई तिहाइ भन्दा बढी जनसंख्यालाई सहयोगको खाँचो परेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ४ : ३० बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा