कम्युनिस्टका नाममा नवमण्डलेहरुको जन्म भयो– कोइराला « Khabarhub

कम्युनिस्टका नाममा नवमण्डलेहरुको जन्म भयो– कोइराला


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिस्टका नाममा नवमण्डलेहरुको जन्म भएको बताएका छन् । सत्तारुढ नेकपा कांग्रेसका विरुद्ध  गुण्डाराजको शैलीमा उत्रन थालेको आरोप पनि लगाए ।

का‌ंग्रेसका विरुद्ध उत्रिनेहरु समाप्त भएर गएको उल्लेख गर्दै कोइरालाले अब कम्युनिस्टहरुको दिनगन्ती शुरु भएको पनि बताए ।

कम्युनिस्टको राज्य आतंक सिर्जना गरेका बताएका कोइरालले त्यसविरुद्ध एकजुट भएर प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन समेत दिए।

नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ ले रत्ननगरमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै कोइरालाले भने, ‘नेकपाका हतियारधारी कार्यकर्ताहरुले बाँके कांग्रेसकी सभापतीको हात भाँचिदिए। तनहुमा हाम्रा पार्टीका नेताहरु मिनेन्द्र रिजाल र ध्रुव वाग्लेमाथी आक्रमण गरे।यही चितवनमा ज्ञानेन्द्र शाहीमाथी आक्रमण गरे। शाही कुन पार्टीका हुन् त्यो सरोकार भएन, तर एउटा नेपाली नागरिकले स्वतन्त्र रुपले आफ्ना कुरा राख्न पाउने कि नपाउने ?’

कुनै पनि नेपाली नागरिक, पार्टीका कार्यकर्ता र नेतामाथीको आक्रमण कदापि सहृय नहुने कोइरालाको भनाइ थियो ।

कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले बर्तमान सरकारले लोकतान्त्रिक मूल्य र मान्यता कुल्चिदै गएको बताए । सरकारले संवैधानिक निकायहरुलाई प्रधानमन्त्रीको लाचार छायाँ बनाएर फासिस्ट शैली स्थापित गर्न खोजेको पनि पाण्डेले आरोप लगाए ।

कार्यक्रममा कांग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठ, पुर्वसभापतीहरु- टेकप्रसाद गुरुङ र रामकृष्ण घिमिरे, मकवानपुर कांग्रेसका पुर्वसभापतीहरु-रघुरमण न्यौपाने र रामचन्द्र अर्याल लगायतले कांग्रेसको अहिलेको नेतृत्वले कम्युनिस्ट विरूद्ध लड्न नसकेको बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ४ : ४४ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा