फोक्सोदेखि मुटु रोगीसम्मका लागि स्वीमिङ स्वास्थ्यवर्द्धक « Khabarhub

फोक्सोदेखि मुटु रोगीसम्मका लागि स्वीमिङ स्वास्थ्यवर्द्धक


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वीमिङ नआए पनि कतिपय मानिस नडुब्ने पानीमा भएपनि पौडी खेल्ने गर्दछन् ।

पौडिन जान्नेहरु त गहिरो वा बहाव भएको पानीमै पौडिन्छन् । पौडी आफैमा एक खेल, व्यायाम तथा मनोविज्ञानका हिसाबमा पनि उपयोगी मानिन्छ । साना बालबालिकादेखि वृद्ध उमेरका ब्यक्ति समेत पौडी खेल्ने गर्दछन् ।

पौडी रहरका लागि मात्र नभएर व्यायामका लागि पनि उत्तिकै फाइदाजनक मानिन्छ । पौडी खेल्दा हुने फाइदाहरु यस्ता छन्–

१. मांसपेशी सक्रिय
पौडी खेल्दा मांसपेशी सक्रिय भई यसमा तागत बढ्ने गर्दछ । शरीरले धेरै शक्ति खर्चिने भएकाले समग्र शरीरकै व्यायाम हुने गर्दछ ।

२. हड्डीमा लाभ
पौडीनुको सबैभन्दा बढि फाइदा शरीरका हाड्डीहरुमा हुने गर्दछ । पौडी खेल्दा बोन मिनरल डेन्सिटी र फेमोरल बोन नियन्त्रण भई शरीरको हाड मजबुत हुने गर्दछ ।

३. लचिलो शरीर
पौडी खेल्दा पानीमा शरीर फैलिने, बटारिने, घुम्ने तथा खुम्चिने गर्दछ । हात तथा घु“डा फैलन्छन् भने शरीरमा दबाब उत्पन्न हुन्छ । जसले शरीर लचिलो बनाउने गर्दछ ।

४. मुटुलाई फाइदा
पौडीले मुटुलाई बिषेश लाभ हुने गर्दछ । पौडिँदा शरीरमा पर्ने बलले धमनीलाई सक्रिय तथा सशक्त बनाउद“छ । मुटु सुन्निने समस्या भएमा पौडीले न्यूनीकरणमा मद्दत पु¥याउँछ ।

५. क्यालोरीमा कमी
पौडीदा शरीरबाट अत्याधिक मात्रामा क्यालोरी खर्च हुन्छ जसले दौडदा भन्दा बढी लाभ पु¥याउने गर्दछ । यसले शरीरको मोटोपना तथा अनावश्यक क्लयालोरी घटेर जाने गर्दछ ।

६. दममा उपयोगी
पौडी खेल्दा शरीरले ओसिलो अक्सिजन प्राप्त गर्छ । यस्तो प्रकारको अक्सिजन फोक्सोका लागि उपयुक्त हुन्छ । तसर्थ, स्वीमिङ गर्नेलाई दमको रोग लाग्ने सम्भावना कम हुन्छ ।

७. चिन्ता नियन्त्रण
पौडीदा शरीरको आलस्यता तथा थकान कम हुनुका साथै मानसिक चिन्ता समेत घटाउने गर्दछ । पौडीदा शरीरमा एकरूपता हुने भएकाले मानसिक चिन्ताबाट मुक्ति मिल्ने गर्दछ ।

८. छालामा फाइदा
नुनिलो पानीमा पौडिँदा यसले छालामा बिशेष लाभ पुर्याउने गर्दछ । किनकी नुनिलो पानीले शरीरमा नयँ“ कोष पैदा गरी सौन्दर्य वृद्धिमा समेत सघाउँछ ।

९. बुद्धि विकास
पौडिँदा यसले साना नानीहरुको बौद्धिक क्षमता विकासमा सहायता गर्ने गर्दछ । नियमित पौडीने बालबालिकामा भाषा, सीप र आत्मविश्वासको विकास हुने स्तर बढ्ने गर्दछ ।

१०. आयु बढ्दछ
नियमित व्यायाम वा पौडी खेल्नाले रोग तथा संक्रमणको खतरा घटाई आयु समेत बढ्ने गर्दछ । पौडी खेल्ने मानिसको आयु अन्य मानिसको भन्दा बढी हुने गर्दछ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ७ : ०३ बजे

वर्षा र बाढीपछि कस्तो छ जलविद्युत क्षेत्रको अवस्था ?

काठमाडौं– असोज ९ गतेदेखिको अविरल वर्षाका कारण देशका विभिन्न विद्युतीय

तीनवटा क्रेनको सहायताले निकालियो नारायणी पुलमा अड्किएको क्रुजसिप (तस्बिरहरू)

काठमाडौं– नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय