युएईमा भएको सवारी दुर्घटनामा ६ नेपालीसहित ८ जनाको मृत्यु « Khabarhub

युएईमा भएको सवारी दुर्घटनामा ६ नेपालीसहित ८ जनाको मृत्यु


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई) मा भएको सवारी दुर्घटनामा ६ नेपालीसहित ८ जनाको मृत्यु भएको छ ।

स्थानीय समयानुसार बिहान ४ बजे ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फस्र्ट सेक्युरिटी ग्रुपको मिनिबस एक लरीसँग ठोक्किएर दुर्घटना भएको हो ।

१४ सिटे उक्त मिनिबस दुर्घटनामा मृत्यु हुनेमा ६ जना नेपालीका साथै एक–एक पाकिस्तानी र भारतीय नागरिक रहेको युएईको अनलाइन गल्फ न्यूजले उल्लेख गरेको छ ।

दुर्घटनामा नेपाली नागरिक रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायप्रसाद पोखरेल, दीपक विक र नयराम साउदको मृत्यु भएको नेपाली दूतावासले जानकारी दिएको छ ।

उनीहरुको नेपालस्थित ठेगाना भने खुल्न बाँकी छ । दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ४ जनाको अवस्था सामान्य रहेको छ । घाइते हुनेमा एक बंगलादेशी र पाँच भारतीय नागरिक छन् ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ९ : ३५ बजे

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको