तेश्रो भू-विज्ञान प्रदर्शनी हुँदै « Khabarhub

तेश्रो भू-विज्ञान प्रदर्शनी हुँदै


१६ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भौगर्भिक विज्ञानको बारेमा जानकारी दिने उद्देश्यले नेपालमा भौगर्भिक विज्ञान अध्यनरत विद्यार्थीहरुको साझा संगठन नेपाल भौगर्भिक विद्यार्थी समाजले भु-गर्भशास्त्र त्रि.वि. केन्द्रिय विभाग र समाजको संयुक्त आयोजनामा माघ २८, २९ र फागुन १ गते तीन दिने तेस्रो भू-विज्ञान प्रदर्शनी गरिने भएको छ ।

नेपालमा भु-गर्भ विज्ञानको अध्ययन अध्यापनको इतिहास करिब १५० वर्ष पुरानो भएपनि नेपाल भौगर्भिक रुपमा अत्यन्तै जोखिम अवस्थामा रहेकोले यो विषयका सरोकारवालाहरुलाई तथ्य अवगत गराउने हेतुले यो कार्यक्रम गर्न लागिएको भुगर्भ विज्ञानका विद्यार्थी नेत्र भण्डारीले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय भु-गर्भशास्त्र केन्द्रिय विभाग किर्तिपुरको परिसरमा आयोजना हुने प्रर्दर्शनीमा खासगरि माध्यमिक, उच्च माध्यमिक तथा विज्ञान विषयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहने जनाईएको छ । कार्यक्रममा पृथ्वीको बनोट, खानि तथा खनिज श्रोत, भौगर्भिक प्रकोपहरु (भुकम्प, बाढि, पहिरो) तथा भौतिक संरचना निर्माण र भु-विज्ञानको महत्वका बारेमा जानकारी गराउने उद्देश्य रहेको प्रदर्शनी आयोजक कमिटीका अध्यक्ष सन्जीव कार्कीले जानकारी दिनुभयो । उपस्थित अवलोकनकर्ताहरुलाई भु-विज्ञान सम्बन्धी ज्ञानका लागि प्रत्यक्ष अवलोकन, श्रव्य दृश्य र तस्वीरहरुका साथै विभिन्न डेमोहरु देखाइने पनि आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार  ९ : २३ बजे

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि

शोभाको लघुकथाकृति ‘आमाको आँखा’ सार्वजनिक

काठमाडौं – लघुकथा लेखनमा कलम चलाउँदै आएकी सर्जक शोभा अधिकारीको

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

कर्णाली – आज कर्णाली प्रदेश अन्तर्गतका जिल्ला हुम्ला र कालीकोटका

पूर्णबहादुर खड्कालाई भेटेपछि गगनले भने : वृहत्तर एकताका लागि पहल सुरु गरेको छु

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वृहत्तर एकताका

यौन हिंसाको कानुनबारे संवेदनशील बन्न आग्रह

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्‍वर