तेश्रो भू-विज्ञान प्रदर्शनी हुँदै | Khabarhub Khabarhub

तेश्रो भू-विज्ञान प्रदर्शनी हुँदै


१६ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भौगर्भिक विज्ञानको बारेमा जानकारी दिने उद्देश्यले नेपालमा भौगर्भिक विज्ञान अध्यनरत विद्यार्थीहरुको साझा संगठन नेपाल भौगर्भिक विद्यार्थी समाजले भु-गर्भशास्त्र त्रि.वि. केन्द्रिय विभाग र समाजको संयुक्त आयोजनामा माघ २८, २९ र फागुन १ गते तीन दिने तेस्रो भू-विज्ञान प्रदर्शनी गरिने भएको छ ।

नेपालमा भु-गर्भ विज्ञानको अध्ययन अध्यापनको इतिहास करिब १५० वर्ष पुरानो भएपनि नेपाल भौगर्भिक रुपमा अत्यन्तै जोखिम अवस्थामा रहेकोले यो विषयका सरोकारवालाहरुलाई तथ्य अवगत गराउने हेतुले यो कार्यक्रम गर्न लागिएको भुगर्भ विज्ञानका विद्यार्थी नेत्र भण्डारीले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालय भु-गर्भशास्त्र केन्द्रिय विभाग किर्तिपुरको परिसरमा आयोजना हुने प्रर्दर्शनीमा खासगरि माध्यमिक, उच्च माध्यमिक तथा विज्ञान विषयका शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहने जनाईएको छ । कार्यक्रममा पृथ्वीको बनोट, खानि तथा खनिज श्रोत, भौगर्भिक प्रकोपहरु (भुकम्प, बाढि, पहिरो) तथा भौतिक संरचना निर्माण र भु-विज्ञानको महत्वका बारेमा जानकारी गराउने उद्देश्य रहेको प्रदर्शनी आयोजक कमिटीका अध्यक्ष सन्जीव कार्कीले जानकारी दिनुभयो । उपस्थित अवलोकनकर्ताहरुलाई भु-विज्ञान सम्बन्धी ज्ञानका लागि प्रत्यक्ष अवलोकन, श्रव्य दृश्य र तस्वीरहरुका साथै विभिन्न डेमोहरु देखाइने पनि आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार  ९ : २३ बजे

प्रदेशमा खेलकुद ग्राम निर्माण गर्नेछौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रको विकासका लागि

आजका समाचार : सरकार नढल्नेमा ओली ढुक्क, शिक्षक-सरकारबीच वार्ता र ट्रम्प र जेलेन्स्कीले गरे भेट

प्रधानमन्त्रीको टिप्पणी- सरकार ढल्छ भन्नेहरू अहिले गल्न थालेका छन्प्रधानमन्त्री एवं

आतङ्कवादलाई विश्वबाटै परास्त गरौँ : मन्त्री भण्डारी

महोत्तरी– श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले

अन्तरबैंक फुटसलको उपाधि ग्लोबल आइएमीलाई

सुर्खेत- अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमी बैंकले जितेको छ

भक्तपुरमा राष्ट्रिय किक बक्सिङ प्रतियोगिता हुने

भक्तपुर– भक्तपुरमा पहिलोपटक दुईदिने राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आयोजना हुने