नेवार समुदायमा आज पनि भाइटीका लगाइँदै, सरकारद्वारा सार्वजनिक बिदा « Khabarhub

नेवार समुदायमा आज पनि भाइटीका लगाइँदै, सरकारद्वारा सार्वजनिक बिदा


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहारको महत्वपूर्ण तथा अन्तिम दिन हिजो भाइटीका मनाइए पनि केही नेवार समुदायले आज भाइटीका मनाउँदै छन् ।

तिथीको घटबढका कारण आज पनि भाइटीका परेको छ । सोही बमोजिम नेवार समुदायले यमपञ्चकको पहिलो दिन देखि नै भोलिपल्टबाट मनाउने गरेका थिए ।

उनीहरुले तिहारको पहिलो दिन काग तिहार मनाएका थिए भने दोस्रो दिन कुकुर तिहार मनाए । यो वर्ष तिथी घटबढका कारण तेस्रो दिन लक्ष्मी पूजा परेपनि उनीहरुले त्यसको भोलिपल्टमात्र लक्ष्मीपूजा गरेका थिए ।

त्यस्तै नेवार समुदायले मनाउने महत्वपूर्ण पर्व आत्म पूजा अर्थात् म्हः पूजा पनि दुई दिन मनाएका थिए । भक्तपुर आसपासका नेवार समुदायले पञ्चाङ्ग निर्णाय समितिको निर्णयलाई मान्दै सोही अनुरुप मनाएका थिए भने ललितपुर तथा काठमाडौंका नेवार समुदायले भने नेपाल संवतको पात्रोलाई आधार मानेर त्यसो भोलिपल्ट मात्रै म्हः पूजा गरेका हुन् ।

नेपाल संवतको पात्रोलाई आधार मानेर केही नेवार समुदायले भाइटीका आज लगाउने भएका हुन् । सोही अनुरुप सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : ०२ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा