दिवाली मनाउँदा अभिनेत्री शर्माको लेहेङ्गामा आगो सल्किएपछि... | Khabarhub Khabarhub

दिवाली मनाउँदा अभिनेत्री शर्माको लेहेङ्गामा आगो सल्किएपछि…


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- दिवाली मनाउने क्रममा भारतीय एक चर्चित टिभी अभिनेत्री निया शर्माको लेगेङ्गामा आगो लागेको छ ।

दिवालीको पार्टीमा उनले लगाएको लेहेङ्गामा आगो सल्किएको थियो । आगोले जलेको उनको लेहेङ्गा अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । कपडामा आगो सल्किए पनि ठूलो दुर्घटना हुनबाट भने उनी बच्न सफल भएकी छिन् ।

दिवाली पार्टीमा बालिएको दियोले निया शर्माको लेहेङ्गा जलेको हो । उक्त जलेको लेहेङ्गा नियाले इन्स्टा स्टोरीमा सेयर गरेकी छन् ।

नियाले आफू कसरी ठूलो दुर्घटना हुनबाट बच्न सफल भइन् भन्ने कुरामा अझैं विश्वास गर्न सकिरहेकी छैनन् । उनले जेलेको लेहेङगाको तस्वीर सेयर गर्दै क्याप्शनमा लेखेकी छन्–‘दियोको ताकत ।

सेकेण्डमै आगलागी भयो । मेरो आउटफिटमा लगाइएको लेयर्सका कारण म बाँचे । साथै यस्तो कुनै शक्ति थियो, जसले मलाई बचायो ।’

उक्त पार्टीमा निया सिल्बर कलरको सुन्दर लेहेङगा लगाएकी थिइन् । उनको सो लेहेङ्गा मिरर वर्कले डिजाइन गरेको थियो ।

त्यसो त उज्यालोको पर्व दिपावली अर्थात दिवाली भारतमा भव्य मनाइँन्छ । भारतमा दिवालीको अवसर पारेर विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । पटका पड्काउने तथा झिलिमिली बत्ती बालिने हुँदा भारतमा दिवालीमा विशेष बन्छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ८ : ५५ बजे

टेक्सासमा आँधीका कारण मृत्यु हुनेका सङ्ख्या सात पुग्यो

काठमाडौं – टेक्सासको ह्युस्टन सहरमा खराब मौसमसँगै आएको आँधीका कारण

वार्ता सकारात्मक, दुई-तीन वटा ड्राफ्टका विषयमा छलफल भयो : प्रधानमन्त्री सचिवालय 

काठमाडौं– अवरुद्ध संसद् खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग गरेको

सरकारबाटै लोकतन्त्रमाथि खतरा बढ्यो : नेता विष्ट

काठमाडौं– नेपाली कांग्रेसका नेता आनन्द विष्टले कम्युनिस्ट सरकारबाट लोकतन्त्रमाथि खतरा

चितवनमा अब पङ्खा चल्छ : रेणु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले विद्युत पूर्वाधार संरचना

जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव  

काठमाडौं– जसपा अशोक राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव