आगामी तीन दिन कुन ठाउँको मौसम कस्तो ? « Khabarhub

आगामी तीन दिन कुन ठाउँको मौसम कस्तो ?


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरब सागरको उत्तर-पूर्वि भागमा “क्यार” नामाकरण गरिएको चक्रवातको नेपालमा खासै ठूलो प्रभाव नपरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो चक्रवात उत्तर-पश्चिमी दिशा तर्फ (ओमन तर्फ) बढिरहेको महाशाखाले जनाएको छ ।

हाल नेपालको पश्चिमी तथा मध्य भु-भागहरुमा आंशिक देखि सामान्य बदलि र पूर्वमा भु-भागमा आंशिक बदलि रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिन कुन ठाउँको मौसम कस्तो ?

कार्तिक १३ गते (बुधबार)

दिउँसो: देशको पश्चिमी तथा मध्य भु-भागमा र पुर्वका पहाडी भू-भागमा आंसिक देखि सामान्य बदली, बाकी भूभागमा आंशिक बदलि रहने देखिन्छ । देशका पश्चिमि भु-भाग तथा मध्य र पुर्वका पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

राती: देशैभरि आंशिक देखि सामान्य बदलि रहने देखिन्छ।

कार्तिक १४ गते (बिहिबार)

दिउँसो: देशैको पहाडी भू-भागमा आंशिक बदलि र बाकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

राती: देशैको पहाडी भू-भागमा आंशिक बदलि र बाकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

कार्तिक १४ गते (बिहिबार)

दिउँसो: देशैको पहाडी भू-भागमा आंशिक बदलि र बाकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ।

राती: देशैको पश्चिमी भू -भागमा आंशिक देखि सामान्य बदलि तथा मध्य र पूर्वी भू-भागमा आंशिक बदलि रहने देखिन्छ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ९ : ४९ बजे

मोदी–मेर्ज वार्ता गान्धीनगरमा

एजेन्सी – प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मन सङ्घीय चान्सलर फ्रेडरिक मेर्जसँग

शेखरले भने : विष पिएर पनि कांग्रेसलाई फुट्नबाट जोगाउँछु, दुवै पक्षसँग अन्तिम प्रयास गर्दैछु

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफूनिकट केन्द्रीय

त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत

अमेरिकामा इरानविरोधी र्‍याली भइरहेका बेला ट्रक छिर्‍यो, कैयौँ मानिस घाइते

वासिङ्टन- अमेरिकामा इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईविरुद्ध भइरहेको प्रदर्शनका

एलजीको टी-२० विश्वकप यात्रा : दोस्रो चरणको विजेता घोषणा

काठमाडौं– एलजी नेपालले वानखेड़े स्टेडियममा नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न