सरकारी निर्देशनलाई अटेरी गर्दै व्यवसायी, मलेसियाबाट ‘डिमाण्ड’ किन्ने होडबाजी | Khabarhub Khabarhub

सरकारी निर्देशनलाई अटेरी गर्दै व्यवसायी, मलेसियाबाट ‘डिमाण्ड’ किन्ने होडबाजी


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसियाको रोजगारी गत भदौ महिनामा खुलेसँगै त्यहाँ जाने श्रमिकको डिमाण्ड प्रमाणिकरणको काम सुरु भएको छ ।

मलेसिया रोजगारीमा श्रमिक आपूर्ति गर्दै आएका म्यानपावर कम्पनीले भने मलेसियाका रोजगारदाता कम्पनीसँग डिमाण्ड किन्ने थालेका छन् । केही म्यानपावरले कम्पनीका एचआरसँग मिलेर डिमाण्ड किन्ने होडवाजी नै भइरहेको रोजगारी व्यवसायी बताउँछन् ।

नेपालबाट श्रमिक आपूर्ति गर्दै आएका केही म्यानपावर कम्पनीले मलेसियामा आफना एजेन्ट नै राखेर डिमाण्ड किन्न थालेको व्यवसायी भनाइ छ । मलेसियाबाट डिमाण्ड किनेर नल्याउन वैदेशिक रोजगार व्यवसाय संघले गत असोज महिनामा प्रेस विज्ञप्ति नै जारी गरेको थियो ।

तर, व्यवससायीले भने रोजगारदाता कम्पनीका वरिष्ठ कर्मचारीसँग मिलेर डिमाण्ड किन्ने काम गरिरहेको प्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ध्यानार्षण गराइरहेका छन् ।

मलेसियामा रहेका म्यानपावर कम्पनीका एजेन्टले त्यहाँ राम्रा कम्पनीसँग डिमाण्ड किन्ने होडवानी नै भइरहेको रोजगार व्यवसायी कुमद खनाल बताउँछन् । नेपाल सरकारले भने मलेसियासँग शून्यलागतमा आफना श्रमिक पठाउने विषयमा श्रम सम्झौता गरेको छ ।

यसरी डिमाण्ड किनेर ल्याउने म्यानपावर कम्पनीले शून्य लागतमा श्रमिक पठाउलान् त भन्ने प्रश्नको विषय भएको विषय खनालले बताए ।

मलेसियाका रोजगारदाता कम्पनीले रोजगारीका लागि ल्याएका श्रमिकलाई छुटाएको सेवा सुविधा विचौलियाले खाइरहेका छन् । सरकार यो विषयमा गम्भीर भएर काम गर्नुपर्छ ।

वैदेशिक रोजगारी क्षेत्रमा ठुलो समस्या नै विचौलियाको छ’, उनले भने, ‘मलेसियाको लागि काम गर्दै आएका म्यानपावर कम्पनीहरुले मलेसियाबाट नेपाली कामदारको डिमाण्ड ल्याएर काम शुरु गरेका छन् । तर, डिमाण्ड किन्नबेच कारण राम्रा कम्पनीले नेपालका लागि छुटाएका कोटा अन्य देशमा दिन थालेका छन् । यो विषयमा सरकारले सम्बन्धीत निकायसँग छलफल गरेर समस्या सामधान गर्नुपर्छ ।’

विचौलियाबाट भइरहेको विकृति अन्त्य गन सरकारले कदम चल्नुपर्ने उनको भनाइ छ । म्यानपावर कम्पनीले मलेसिया जाने श्रमिकसँग १ लाख ६० हजारसम्म माग गर्न थालेका वैदेशिक रोजगार विभागमा गुनासो आउने गरेको विभागले जनाएको छ ।

एचआरसँग मिलेर डिमाण्ड व्यापार 

नेपालबाट श्रमिक मलेसिया रोजगारीका लागि पठाउदै आएका म्यानपावर कम्पनीका एजेन्टले मलेसियाका राम्रा कम्पनीमा कायरत एचआरसँग मिलेर डिमाण्ड किन्ने गरेका छन् ।

मलेसियाको नयाँ विदेशी श्रमिक भित्राउन नीतिमा रोजगारदाता कम्पनीले झन्डै एक महिना बराबरको तलब अर्थात् १ हजार ५० रिंगेट सेवाशुल्क दिन व्यवस्था श्रम विभागबाटै गरिने भएको छ । तर, यो सेवा सुल्क भन्दा धेरै दिएर एजेन्टले डिमाण्ड किन्ने गरेका छन् ।

मलेसिया २ हजार रिंगेट तिरेर डिमाण्ड म्यानपावरका एजेन्टले किन्ने गरेको नाम नबताउने सर्तमा एक जना रोजगार व्यवसायीले खबरहबसँग बताए ।

जसका कारण राम्रा कम्पनीले नेपालका लागि छुटाएको डिमाण्ड अन्य देशमा दिन थालेको व्यवसायीले बताउन थालेका छन् । डिमाण्ड किन बेचका कारण राम्रा कम्पनीले नेपालमा कोटा छुटाउन थालेका छन् ।

नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी (एमओयू) अनुसार डिमाण्ड प्रमाणिकरणको काम भइरहेको मलेसियास्थीत नेपाली  राजदूत डा.उदयराज पाण्डेले जानकारी दिए । मलेसियामा डिमाण्ड किन्ने काम हुने गरेको हल्ला दूतावाससम्म आएको भएपनि कुनै उजुरी नै चाँही नपरेको डा.राजदूत पाण्डेले बताए ।

‘डिमाण्ड सिधै श्रम विभागमा दिन हामीले मलेसियाको सम्बन्धित निकायलाई आग्रह गरिरहेका छौं । सरकारले मलेसियाको रोजगारी पुनः सुचारु गरेसंगै मलेसियाको डिमाण्ड नेपाल आउन थालेको छ । डिमाण्ड प्रमाणिकरणको काम पनि भइरहेको छ’ उनले भने, ‘नेपाल र मलेसिया सरकारबीच गत वर्षको कात्तिकमा भएको श्रम सम्झौता अनुसार मलेसियाको श्रम विभागले विदेशी श्रमिक भित्राउँदा लाग्न सम्पुर्ण विषयको नियमन गर्ने थालेको हो । मलेसियामा बसेर डिमाण्ड किन्ने एजेन्टको पनि खोजी भइरहेको छ । यो विषयमा राजदूतवासले गम्भीर भएर काम गरिरहेको छ ।’

गत वर्षको जेठ महिनादेखि बन्द भएको मलेसियाको रोजगारी गत भदौ २९ बाट खोलिएको थियो ।

डिमाण्ड प्रमाणिकरणको काम मलेसियाबाटै

मलेसियाका रोजगारदाता कम्पनीले विदेशी श्रमिकका लागि छुटाएको डिमाण्ड प्रमाणिकरणको काम पनि मलेसियाकै श्रम विभागबाट गर्ने थलिएको छ ।

नेपालसँगको श्रम समझदारी कार्यान्वयन गर्न मलेसिया सरकारले डिमाण्ड प्रमाणिकरणका काम श्रम विभागबाट गर्ने थालेको हो । योभन्दा अगाडि डिमाण्ड प्रमाणीकरणको काम नेपाली दूतावासबाट गरिँदै आएको थियो ।

नेपालबाट श्रमिक आपूर्ति गर्दै आएका म्यानपावर कम्पनीले पनि मलेसिया जाने कामदारसँग मनपरी रकम लिन पाउने छैनन्  । कम्पनीलाई रोजगारदाताले झन्डै एक महिना बराबरको तलब अर्थात् १ हजार ५० रिंगेट सेवाशुल्क दिन व्यवस्था श्रम विभागबाटै गरिने भएको छ । उक्त रकम दुई देशका म्यानपावरहरुले आधा बाँडफाँट गर्नुपर्ने भएको छ । यो सबै काम श्रम विभागबाटै हुने छ ।

१७ वटा प्रक्रिया

मलेसियाका रोजगारदाता कम्पनीले विदेशी श्रमिक रोजगारीका लागि आपूर्ति गर्दा १७ वटा प्रक्रिया पूरा गर्नुपर्ने भएको छ ।

मलेसियाको मानव संशाधन मन्त्रालय र गृह मन्त्रालयले परिवर्तन गरेको नयाँ नियमअनुसार कुनै पनि रोजगारदाता कम्पनीले विदेशी कामदार आफना कम्पनीमा रोजगारीमा लिन १७ वटा चरण पार गर्नुपर्ने व्यवस्था गरिएको हो ।

जसका कारण उनीहरुलाई विदेशी श्रमिक आफना कम्पनीमा ल्याउन समस्या हुन अवस्था छ । यो विषयमा रोजगारदाता कम्पनीले मलेसिया सरकारको ध्यानार्षण गराइरहेको पाइन्छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १० : १४ बजे

हिमालयन हाइड्रो एक्स्पो भोलिदेखि, अडानी पनि सहभागी हुने

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो भोलि (बैशाख १२) देखि शुरु

जनकपुरको गेस्टहाउसमा युवा-युवती मृत भेटिए, नाबालिका जीवितै

जनकपुरको एक गेस्ट हाउसमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शव

कतारका अमिर थानी काठमाडौं आइपुगे

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने

सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

गोदावरी– कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष

डेभलपमेण्ट बैंकर्स एशोसिएसनको सीईओमा मन्जिला नियुक्त

काठमाडौं – विकास बैंकहरूको छाता संस्था डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालले