अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल लगियो « Khabarhub

अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल लगियो


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको छ ।

प्रधानन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई ग्राण्डी अस्पताल लगिएको हो ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार नियमित परीक्षणका लागि प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको हो ।

यसअघि कात्तिक १ गते पनि प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा दिनभर लगाएर स्वास्थ्य जाँच गरिएको थियो ।

सिंगापुरमा उपचार गराए आएपछि कात्तिक १ मा ओलीको पहिलोपटक ग्राण्डी अस्पतालमा फलोअप गरिएको थियो ।

मिर्गौला सम्बन्धी समस्याको उपचार गर्न प्रधानमन्त्री ओली पछिल्लो पटक भदौं ५ गते सिंगापुर गएका थिए ।

त्यहाँ उनको ‘प्लाज्मा फेरेसिर’ गरिएको थियो । ओलीको मिर्गौलामा ‘एन्टीबडी’ को मात्र बढेपछि प्लाज्मा फेरेसिस गरिएको थियो ।

प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ११ : ४१ बजे

दबाबमा परेको कांग्रेस संस्थापनले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- विशेष महाधिवेशन पक्षधरले बहुमत जुटाएर दबाब बढाउँदै गएपछि सभापति

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

मुस्ताङ– थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको