२ करोड ६७ लाख रुपैयाँसहित पक्राउ परेका ‘भीआईपी’ जुवाडेलाई अदालत लगियो « Khabarhub

२ करोड ६७ लाख रुपैयाँसहित पक्राउ परेका ‘भीआईपी’ जुवाडेलाई अदालत लगियो


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जुवा खालबाट शनिवार राति पक्राउ परेका २५ मध्ये ६ जना‘भीआइपी’ जुवाडेलाई अदालत लगिएको छ ।

आफूहरुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्चमा दायर गरेपछि त्यसको सुनुवाइका लागि उनीहरुलाई अदालत उपस्थित गराइएको हो ।

पक्राउ परेकामध्ये ६ जनाका आफन्तले उनीहरुलाई गैरकानूनी रुपमा प्रहरीले थुनेको भन्दै आइतबार दिउँसो नै सर्वोच्च अदालतमा बन्द्रीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

तिहारको विवादका समयमा बन्दी प्रत्यक्षीकरण लगायत रिटको सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा एकल इजलाश तोकिएको थियो । तर उनीहरुको मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो ।

प्रहरीको जुवा अपरेशनका क्रममा पक्राउ परेकामध्ये ६ जनाका आफन्तले आइतबार दिउँसो बन्द्रीप्रत्यक्षीकरणको रिट दायर गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले खबरहबलाई जानकारी दिए ।

ढकालका अनुसार बन्द्रीय प्रत्यक्षीकरणको रिट दायर गर्नेमा बलराम सापकोटा (बले), पवनकुमार गुप्ता, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, विक्रम गौतम र मुक्ति लामा छन् ।

रिट दायर गर्नेमध्येका बले भनिने बलराम सापकोटा गुण्डा नाइकेको रुपमा चर्चित छन् । यस्तै, पवित्रकुमार कार्की एयर डाइनेस्टीका एमडी हुन् भने विक्रम गौतम जुवा अड्डा सञ्चालन रहेको घरका मालिक हुन् । गौतम जुवा अड्डा चलाउने व्यक्ति तथा मिनी क्यासिनोका सञ्चालक रहेका प्रहरीले जनाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश भण्डारीको इजलाशले आइतबार ६ जनालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । उनीहरुलाई प्रहरीले अदालत उपस्थित गराएपनि समय अभावका कारण मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो ।

अदालतको आदेशानुसार बुधबार दिउँसो उनीहरुलाई अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार बिहान महाराजगञ्जको पिपलमार्गबाट २५ जना जुवाडेलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुको साथबाट २ करोड ६७ लाख रुपैयाँ नगद, ३ लाख रुपैयाँ बराबरको बैंक चेक, कौडा र चेक बूक बरामद गरेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १२ : ०९ बजे

मोदी–मेर्ज वार्ता गान्धीनगरमा

एजेन्सी – प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मन सङ्घीय चान्सलर फ्रेडरिक मेर्जसँग

शेखरले भने : विष पिएर पनि कांग्रेसलाई फुट्नबाट जोगाउँछु, दुवै पक्षसँग अन्तिम प्रयास गर्दैछु

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफूनिकट केन्द्रीय

त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत

अमेरिकामा इरानविरोधी र्‍याली भइरहेका बेला ट्रक छिर्‍यो, कैयौँ मानिस घाइते

वासिङ्टन- अमेरिकामा इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईविरुद्ध भइरहेको प्रदर्शनका

एलजीको टी-२० विश्वकप यात्रा : दोस्रो चरणको विजेता घोषणा

काठमाडौं– एलजी नेपालले वानखेड़े स्टेडियममा नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न