तिहार सकिएसँगै घट्यो तरकारीको भाउ, कसको कति ? « Khabarhub

तिहार सकिएसँगै घट्यो तरकारीको भाउ, कसको कति ?


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दैनिक उपभोग गरिने तरकारीको मूल्य अन्य दिनको तुलनामा चाडपर्वका समयमा दोब्बर खपत हुने गरेको पाइन्छ ।

खपत बढेसँगै व्यापारीले चर्को मूल्यमा तरकारी विक्री वितरण गर्दछन् र चाडपर्व सकिएसँगै तरकारीको मूल्य सस्तो हुने गर्दछ ।
केही दिनअघिदेखि लगातार वृद्धि भइरहेको तरकारीको मूल्य बुधवार घटेको छ ।

काठमाडौंको मुख्य थोक बजार कालीमाटीमा आज बुधवार तरकारीको भाउ सस्तो भएको छ । जसमा हरियो धनियाँ सस्तो भएको छ ।

मंगलवार अर्थात् भाइटीकाको दिन हरियो धनियाँ किलोको ६ सय १५ रुपैयाँ खुद्रा मुल्य तोकिएको थियो । बुधवार किलोमा १ सय ७० रुपैयाँ भाउ घटेर ४ सय ४५ रुपैयाँ खुद्रा मुल्य तोकिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

मंगलवारको तुलनामा बुधवार गान्टे मुलाको भाउ किलोमा ५० रुपैयाँले घटेर १ सय ५ रुपैयाँ खुद्रा मुल्य तोकिएको छ ।

त्यस्तै पाते च्याऊ १ सय ९० रुपैयाँ, डल्ले च्याऊ किलोको ५ सय १५ रुपैयाँ, मूला किलोको ५५ रुपैयाँ, गाजर किलोको १ सय ६५ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ ।

बजारमा बुधवार रातो आलु (भारतीय) किलोको ३५ रुपैयाँ, बन्दा किलोको ६५ रुपैयाँ, रायोको साग किलोको १ सय ६५ रुपैयाँ, पालुंगोको साग र चमसुरको साग किलोको १ सय ५५ रुपैयाँ, अदुवा किलोको २ सय २५ रुपैयाँ र सुकेको खुर्सानी किलोको ३ सय ९० रुपैयाँ खुद्रा मुल्य तोकिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १२ : ४१ बजे

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको