युवा संघ र नेविसंघका दुई नेता बलात्कार आरोपमा पक्राउ | Khabarhub Khabarhub

युवा संघ र नेविसंघका दुई नेता बलात्कार आरोपमा पक्राउ


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– सत्तारुढ दल नेकपा निकटको युवा संघ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेविसंघका नेताद्वय बलात्कार अभियोगमा पक्राउ परेका छन् ।

युवा संघका केन्द्रीय सदस्य सन्देश शर्मा पोखरेल र नेविसंघका पूर्व केन्द्रीय सदस्य ज्ञानेन्द्र गजुरेल बलात्कार अभियोगमा पक्राउ परेका हुन् ।
उनीहरुलाई कही दिन अघि(कात्तिक ३) मा ललितपुरको पाटनबाट पक्राउ गरिएको प्रहरीले जनाएका छन् ।

गजुरेल कांग्रेस नुवाकोटको जिल्ला कार्यसमित सदस्य समेत हुन् ।

पोखरेल दाङ तुलसीपुर– १८ का बासिन्दा हुन् । तर, युवा संघले भने सन्देश शर्मा पोखरेल नाम गरेको कोही केन्द्रीय स्तरको नेता नभएको दाबी गरेको छ । तर प्रहरीसँग दिएको बयानमा भने पोखरेलले आफू युवा संघको नेता भएको बताएका प्रहरीले जनाएको छ ।

१९ वर्षीय एक युवतीलाई ज्ञानेन्द्र गजुरेलले कात्तिक पहिलो साता कुमारीपाटीस्थित सन्देश शर्मा पोखरेलको कोठामा ल्याएको र उनीहरु दुबै जनाले बलात्कार गरेको उजुरीका आधारमा दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १ : ४२ बजे

सिप मेला तालिममा ८ वटा पेसा थप : अहिलेसम्म ३५ सय ७६ जनाको अनलाइन आवेदन  

काठमाडौं– काठमाडौं महानगरपालिकाले सिप मेलाका लागि ८ वटा पेसासँग सम्बन्धित

भ्रष्टाचार मुद्दामा अख्तियारको छानबिनमा तानिएकी मञ्जुले भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले बस्न अस्वीकार गरेको गौतम

विद्यालय तहको अध्ययन अध्यापन शैली पर्यावरणमैत्री बनाउनुपर्ने

कीर्तिपुर – सगरमाथा संवादका सहभागी अन्तरराष्ट्रिय विज्ञहरूले मौसम परिवर्तनबाट उत्पन्न

जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार