तिहारका ३ दिनमा ३ सय २१ जुवाडे पक्राउ, जुवाखालमा भेटियो ३ करोड १८ लाख | Khabarhub Khabarhub

तिहारका ३ दिनमा ३ सय २१ जुवाडे पक्राउ, जुवाखालमा भेटियो ३ करोड १८ लाख


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले यस पटकको तिहारका ३ दिन (लक्ष्मीपूजादेखि भाइटीका)सम्म गरी झण्डै ३ सय २१ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट ३ करोड १८ लाख ३७ हजार ३ सय ४६ रुपैयाँ बरामद भएको छ ।

प्रहरीले काठमाडौं, चितवन, पोखरा, मोरङ, भक्तपुर, लमजुङ, दाङ, नवलपरासी पूर्व, सुर्खेत, बर्दिया लगायत जिल्लाबाट गरी ३ सय २१ जना जुवाडेहरुलाई पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार यो संख्या तिहारको फूलपातिदेखि भाइटीकाको रातिसम्म पर्नेहरुको हो । केही जिल्लाको विवरण प्राप्त हुन बाँकी रहेकाले जुवाको खालबाट पक्राउ पर्नेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।

प्रहरीले गत लक्ष्मीपूजाको दिन (कात्तिक १० गते) काठमाडौंको महाराजगञ्जबाट २५ जना जुवाडेलाई पक्राउ गरेको थियो ।

उनीहरुको साथबाट प्रहरीले २ करोड ६७ लाख रुपैयाँ बरामद गरेको थियो । प्रहरीका अनुसार जुवाखालबाट पौने ३ करोड रुपैयाँ बरामद हुनु नेपालकै पहिलो घटना हो ।

कुन दिन, कहाँ कति जुवाडे पक्राउ परे ?

कात्तिक ९ र १० गते,

– सुर्खेतको वीरन्द्रनगर नगरपालिका– २ खोलीगाउँबाट ६ जना जुवाडे पक्राउ । प्रहरीले उनीहरुको साथबाट नगद ८१ हजार ८ सय ९५ रुपैयाँ बरामद भएको जनाएको छ ।

– कास्कीको पोखरा महानगरपालिका–६ बाट ९ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट १० लाख ५८ हजार ५ सय १० रुपैयाँ बरामद गरेको जनाएको छ ।

– काठमाडौं महानगरपालिका–३ महाराजगञ्ज (पिपलमार्ग)बाट २५ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुको साथबाट २ करोड ६७ लाख रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

– गुल्मीको गुल्मी दरबार गाउँपालिका–१७ गलामबाट १७ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट २ लाख ८२ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

– दाङको घोराही उपमहानगरपालिका–८ बाट ११ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट ३५ हजार ६ सय ३० रुपैयाँ बरामद गरेको जनाएको छ ।

– भक्तपुरको चागुनारायण नगरपालिका–९ बाट ६ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुको साथबाट ६३ हजार ३ सय रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

कात्तिक ११ गते

– नवलपरासी (पूर्व)को देवचुलीबाट २८ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट ५ लाख ८० हजार ५ सय ५० रुपैयाँ बरामद गरेको जनाएको छ ।

– दाङको लमहीबाट ७ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट ६ लाख ७८ हजार ५ सय रुपैयाँ बरामद गरिएको जनाएको छ ।

– चितवनको खैरहनी नगरपालिका– १ सिमलघारीबाट २० जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट १ लाख ९१ हजार ८ सय ४५ रुपैयाँ नगद बरामद गरेको जनाएको छ । चितवनकै भरतपुर महानगरपालिका–१४ महेन्द्र चोकबाट पनि १२ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट ३ लाख ८४ हजार १ सय रुपैयाँ बरामद गरिएको जनाएको छ ।

– बर्दियाको राजापुर नगरपालिका–१ बाट २२ जना र बाँसगढीबाट नगरपालिका–९ बाट ९ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुको साथबाट १ लाख २९ हजार १ सय २४ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

– मोरङको विराटनगर महानगरपालिका– ३ बाट २० जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट ६ लाख ६० हजार २ सय ४५ रुपैयाँ बरामद भएको जनाएको छ ।

कात्तिक १२ गते

– लमजुङको बेसीशहर नगरपालिका–११ बाट २५ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट २ लाख १६ हजार ४ सय ३० रुपैयाँ बरामद गरिएको जनाएको छ ।

– काठमाडौंको कीर्तिपुर नगरपालिका–३ बबाट ३८ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट १५ लाख ५४ हजार ६ सय रुपैयाँ बरामद भएको जनाएको छ ।

– काठमाडौंकै शंखरापुर नगरपालिका–६ बाट ६ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट ३४ हजार रुपैयाँ नगद बरामद भएको जनाएको छ ।

– भक्तपुरको भक्तपुर नगरपालिका– ९ बाट ७ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले उनीहरुको साथबाट १ लाख २५ हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।


प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  २ : ४८ बजे

चिस्यान केन्द्र निर्माण अन्तिम चरणमा

खोटाङ– खोटेहाङ गाउँपालिकामा भौतिक पूर्वाधार विकास योजनाको काम ९० प्रतिशत

भारतको बैंगलोरमा चोरी : पक्राउ परे ३५ भन्दा बढी नेपाली

सुर्खेत– पछिल्लो चरणमा कर्णाली र सुदूरपश्चिमका नेपालीहरूको रोजगारीको आकर्षणको गन्तव्यका

मानवअधिकार उल्लङ्घनका विषयमा छलफल

इटहरी– अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले आज मानवअधिकार

श्रम अभियानले विवादमा हर्क, डोर हाजिरी उठाएर समर्थकलाई नगरको पैसा बाँड्न खोज्दा तनाव

काठमाडौं- सरकारी बजेट संस्थागत रुपमा खर्च नगरि आफू खुसी श्रम

वाम लोकतान्त्रिक आन्दोलनले नै देशमा ठूला आन्दोलनहरू सफल भए  : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकमा भएका