विदेशमा मृत्यु भएका कामदारका परिवालाई आर्थिक सहायता « Khabarhub

विदेशमा मृत्यु भएका कामदारका परिवालाई आर्थिक सहायता


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १७१ कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।

वैदेशिक रोजगार बोर्डले गत साउनमा ६०, भदौमा ६४ र असोजमा ४७ मृतक कामदारका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको हो ।

वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्र तथा नेपाल फर्केको एक वर्षभित्र मृत्यु भएका व्यक्तिका परिवारलाई बोर्डले प्रतिमृतकका परिवारलाई रु सात लाखका दरले आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।

सो अवधिमा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग तथा बिरामी भएका ९८ कामदारको परिवारलाई आर्थिक सहायता वितरण गरिएको छ ।

त्यस्तै कामदारको परिवारका सात जनालाई औषधोपचार सहयोग उपलब्ध गराइएको छ । कामदारको परिवारको सदस्यलाई क्यान्सर, मिर्गौला, मुटु, पार्किन्सन र अल्जाइमर रोगको उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ । बोर्डले सामान्य अवस्थाका बिरामीलाई रु १५ हजार, मध्यम अवस्थाका बिरामीलाई रु ३० हजार र गम्भीर अवस्था भएमा प्रतिव्यक्ति रु ५० हजार उपलब्ध गराउँदै आएको छ ।

तीन महिनाको अवधिमा वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेर विदेशी भूमिमा अलपत्र परेका १८ कामदारको उद्दारका लागि सम्बन्धित नियोगमा पत्राचार गरिएको बोर्डले जनाएको छ । विभिन्न कारणबाट गन्तव्य मुलुकमा मृत्युवरण गर्न पुगेका ४१ कामदारको शव झिकाउन पत्राचार गरिएको छ ।

सो अवधिमा बोर्डले १८४ कामदारको शव मृतकको घर ठेगानासम्म निःशुल्क ढुवानी गरेको छ । बोर्ड सचिवालयले मृतक कामदारको शव निजको नजिकको हकवालाले दिएको निवेदनअनुसार घर ठेगानासम्म ढुवानी गर्दै आएको छ ।

वैदेशिक रोजगार नियमावाली, २०४६ (तेस्रो संशोधन)ले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएको कामदारको शव त्रिभुवन विमानस्थलबाट निजको घर ठेगानासम्म लैजान बोर्डले सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ४ : ०० बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्