‘भीआईपी जुवाडे’लाई हिरासतमै राख्न सर्वोच्चको आदेश | Khabarhub Khabarhub

‘भीआईपी जुवाडे’लाई हिरासतमै राख्न सर्वोच्चको आदेश


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिहाईको माग गर्दै बन्द्रीप्रत्यक्षीकरण रिट दायर गरेका ६ जना ‘भीआईपी जुवाडे’लाई थुनामै राखेर कारबाही प्रक्रिया अगाडि बढाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

काठमाडौंको महाराजगञ्जबाट पौने ३ करोड रुपैयाँसहित पक्राउ परेकामध्ये ६ जनाले बन्द्रीप्रत्यक्षीकरणको रिट दायर गरेकोमा सर्वोच्चले बुधबार उनीहरुलाई थुनामै राखी कारबाही प्रक्रिया अगाडि बढाउन आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलाशले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका सबैलाई म्याद तामेल गरेर हाजिर गराउन पनि आदेश जारी गरेको छ । अदालतले रिट दायरकर्ता सबैलाई बिहीबार पुन: अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो ।

आइतबार बिहान महाराजगञ्जको पिपलमार्गमा जुवा खेल्दाखेल्दै पक्राउ परेका २५ जनामध्ये ६ जनाले आइतबार नै सर्वोच्च अदालतमा बन्द्रीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

पछि बुधबार ८ जनाका आफन्तले पनि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

आइतबार दिउँसो दायर गरिएको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले ६ जनालाई नै २४ घण्टाभित्र उपस्थित गराउन भनेको थियो । सोही आदेशानुसार प्रहरीले ६ जनालाई सोमबार अदालतमा उपस्थित गराएको थियो । तर, सोमबार ‘नभ्याइएपछि’ उनीहरुलाई पुनः बुधबार अदालतमा उपस्थित गराउन भनिएको थियो ।

एउटै प्रकरणमा बुधबार थप ८ जनालाई बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेपछि सबैलाई ‘साथमै राखेर’ कारबाही प्रक्रिया अगाडि बढाउन आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

प्रहरीको जुवा अपरेशनका क्रममा पक्राउ परेकामध्ये बलराम सापकोटा (बले), पवनकुमार गुप्ता, पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, विक्रम गौतम र मुक्ति लामाले बन्द्रप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

यस्तै बुधबार होमप्रसाद चौलागाईं, साङ्वे शेर्पा, शम्भु बुढाथोकी, ग्यालजे रिट दायर गरेका हुन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ४ : ३४ बजे

ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र

गोरखा – गोरखा नगरपालिकास्थित मझुवा–बैटारी–हटिया सडकखण्डमा ट्र्याक खुलेको ३३ वर्षपछि

लस एन्जलसमा कारले भीडलाई ठक्कर दिँदा २८ जना घाइते

लस एन्जलस – अमेरिकी राज्य लस एन्जेलसको हलिउडमा शनिबार बिहान

समाज परिवर्तनमा साहित्यकारको महत्वपूर्ण योगदान छ : रक्षा राई

काठमाडौं – रक्षामन्त्री मानवीर राईले समाजमा सकारात्मक सन्देश फैलाउने र

आन्तरिक पर्यटकको रोजाइमा भकुण्डेको बराहताल

गलकोट– बागलुङ बजारबाट नजिकैको पर्यटकीय गन्तव्य भकुण्डेको बराहताल आन्तरिक पर्यटकको