मधेसमा सडक बनाउन अनसन बस्ने प्रचण्डको चेतावनी « Khabarhub

मधेसमा सडक बनाउन अनसन बस्ने प्रचण्डको चेतावनी


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मधेसमा सडक तथा पूर्वाधार निर्माणका सवालमा भइरहेको ढिलाईविरुद्ध आफैं अनसनमा उत्रिन सक्ने चेतावनी दिएका छन् ।

बुधबार महोत्तरीको पिपरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सडक लगायतका पूर्वाधार निर्माणका विषयमा वर्तमान सरकार गम्भीर रहेको पनि बताए ।

प्रधानमन्त्री आफैंले समृद्धिको नेतृत्व गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले निर्माणाधीन अवस्थामा रहेका सडकको काम युद्धस्तरमा अगाडि बढाइने पनि बताए ।

महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष चयनका लागि हुने निर्वाचन केन्द्रित भएर नेकपाले बुधबार पिपरामा छठ पर्वको अवसरमा एउटा कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनकपुर–पिपरा–जलेश्वर–भित्तामोड जोड्ने सडक निर्माणको कार्यलाई तिव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री र प्रधानमन्त्रीसँग समेत कुराकानी गर्ने पनि बताए ।

‘यो सडकको विषयमा काठमाडौं फर्किएर प्रधानमन्त्रीसँग कुरा गर्नेछु, युद्धस्तरमा काम भएन भने म पार्टी अध्यक्ष भएर पनि मधेसमा गएर आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्नेछु,’ कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने ।

आफू प्रधानमन्त्री भएको बेला उक्त सडक निर्माणका लागि ठाडो आदेशमार्फत १ अर्ब रुपैयाँ विनियोजन गर्न लगाएको समेत प्रचण्डले स्मरण गराए ।

प्रचण्डले अब पनि उक्त सडक निर्माणमा विलम्ब हुने, ठेक्का प्रक्रिया छिटो टंग्याउनु काम भएमा आफू नै अनसनमा बस्ने पनि प्रचण्डले चेतावनी दिए ।

आगामी मंसिर १४ मा पिपरा गाउँपालिकाको अध्यक्ष चयनका लागि हुने उपनिर्वाचनमा आफ्नो पार्टी नेकपालाई मतदान गर्न अनुरोध गरेका प्रचण्डले आफ्नो मधेससँगको प्रेम नटुटेको बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ४ : ५२ बजे

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई ५७ सिट मिल्दा श्रमसंस्कृति र राप्रपालाई ४-४ सिट

काठमाडौं- निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन मतगणनाकार्य

सुर्खेतकी इनिसाको मृत्यु ‘जबरजस्ती करणी’बाटै, सीआईबीको टोली पनि पुग्यो

वीरेन्द्रनगर- सुर्खेतको गुर्भाकोट नगरपालिका निवासी १६ वर्षीया किशोरी इनिसा विकको

होर्मुजको जलक्षेत्र बन्द नै रहनेछ, शहीदका रगतको बदला लिइनेछ : सर्वोच्च नेता खामेनी

काठमाडौं– इरानका नवनियुक्त सर्वोच्च नेता आयातोल्लाह मोज्ताबा खामेनीले होर्मुजको जलडमरुमध्य

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर