अजय चौधरीको मृत्यु प्रकरण: अनुसन्धानका लागि चार जना पक्राउ « Khabarhub

अजय चौधरीको मृत्यु प्रकरण: अनुसन्धानका लागि चार जना पक्राउ


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भाँसीका २२ वर्षीय अजय चौधरीको मृत्यु प्रकरणबारे प्रहरीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।

गत सोमबार साँझ महेन्द्रनगर बजारको भानुक चोकनजिकै रहेको पुष्पाञ्जलि गेष्ट हाउसको पाँचौँ तलाबाट खसेर चौधरीको मृत्यु भएको थियो ।

अनुसन्धानका लागि चौधरीसँगै गेष्ट हाउसमा रहेका विनोद खत्री, रमेश भट्ट, गेष्ट हाउसका सञ्चालकसहित एक जना युवतीलाई नियन्त्रणमा लिई सोधपुछको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

मृतकको शव परीक्षणको प्रतिवेदन अझै आएको छैन उनले भने, “शव परीक्षणको प्रतिवेदनका आधारमा कार्वाही प्रक्रिया अगाडि बढाइनेछ ।”

चौधरीको गेष्टहाउसको छतबाट खसेर मृत्यु भएको हो वा हत्या भएको भन्नेबारे अनुसन्धानपछि जानकारी हुने उनले बताए । सोमबार राति नौ बजे घरमा रहेका चौधरीलाई गेष्टहाउसबाट फोन आएपछि छिट्टै घर फर्कने भन्दै गएका थिए । त्यसको दुई घण्टापछि मृत्युको खबर आयो चौधरीका परिवारजनले भने ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : ५५ बजे

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको