प्रधानमन्त्रीको डायलासिस गरियो, डिस्चार्ज हुन केही दिन लाग्ने | Khabarhub Khabarhub

प्रधानमन्त्रीको डायलासिस गरियो, डिस्चार्ज हुन केही दिन लाग्ने


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस गरिएको छ ।

स्वास्थ्य चेकजाँचको रिपोर्टका आधारमा आकस्मिक डायलासिस गरिएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालले भने विज्ञप्ति जारी गर्दै स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्य परीक्षण सकिएपछि डिस्चार्ज गरिने जनाएको छ । डायलासिस गरिएको कुरा उल्लेख गरेको छैन ।

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्य परीक्षणको रिपोर्ट विश्लेषण गरिरहेका छन् । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्रीको रगतमा युरिया र क्रेटेनिनको मात्रा अस्वभाविक रुपमा बढेपछि मिर्गौला डायलासिस गर्ने निष्कर्षमा चिकित्सकहरु पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको सबै रिपोर्टहरु उनकी नीजि चिकित्सक डा.दिव्या सिंह शाह र अर्का चिकित्सक डा.दिलिप शर्मा बाहेकलाई हेर्न दिइएको छैन।

प्रधानमन्त्री ओलीलाई आइसीयूबाट किड्नी ट्रान्सप्लान्ट युनिटमा सारिएको अस्पताल स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्नका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल लगायतका नेता तथा मन्त्रीहरु अस्पताल पुगेका थिए ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली बिहान साँढे ९ बजे अस्पताल पुगेका थिए । परीक्षणको रिपोर्ट आएपछि मात्रै बालुवाटर फर्किन चिकित्सकले सुझाव दिएका छन्। प्रधानमन्त्रीका निजी चिकित्सक डा दिलिप शर्माका अनुसार नियमित परीक्षणका लागि प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको हो ।

यसअघि कात्तिक १ गते पनि प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा दिनभर लगाएर स्वास्थ्य जाँच गरिएको थियो । सिंगापुरमा उपचार गराए आएपछि कात्तिक १ मा ओलीको पहिलोपटक ग्राण्डी अस्पतालमा फलोअप गरिएको थियो ।

मिर्गौला सम्बन्धी समस्याको उपचार गर्न प्रधानमन्त्री ओली पछिल्लो पटक भदौं ५ गते सिंगापुर गएका थिए । त्यहाँ उनको ‘प्लाज्मा फेरेसिर’ गरिएको थियो । ओलीको मिर्गौलामा ‘एन्टीबडी’ को मात्र बढेपछि प्लाज्मा फेरेसिस गरिएको थियो ।

प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

के हो डायलाइसिस ?

सामान्यतया मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि मिर्गौलामा भएको विकार वस्तु मेसिनको सहायताले निकालेर सफा गर्ने पद्धति नै डायलाइसिस हो ।

मिर्गौला प्रत्यारोपण गरिएका बिरामीहरुको डाइलाइसिस गरिरहनुपर्ने हुन्छ । मिर्गौलाको कार्यक्षमता १५ प्रतिशतभन्दा कम भएपछि डायलाइसिस गरिन्छ ।

मिर्गौंलामा फोहोर जमेपछि रक्तचाप असन्तुलन हुन्छ । मिर्गौलाको कार्यक्षमतामा ह्रास आउँदा बिरामीलाई अत्यधिक रिंगटा लाग्ने, बान्ता हुने, सुन्निने लगायतका लक्षणहरु देखिन्छन् ।

डायलाइसिस दुई प्रकारको हुन्छ । पहिलो, हेमोडायलाइसिस । यसमा रगतलाई नलीको माध्यमबाट कृत्रिम मिर्गौला मेसिनमा पठाइन्छ र शुद्धीकरण गरेर पुनः नलीका माध्यमबाट शरीरमै फिर्ता गरिन्छ । दोस्रो, पेरिटोनियल डायलाइसिस । यसमा आफ्नै पेटको भित्री सतहको सहायतामा रगतलाई डायलाइसेट नामक तरल पदार्थको माध्यमबाट शुद्ध पारिन्छ ।

मिर्गौलाले पूर्ण रूपमा काम गर्न छोडे हप्ताको ३ पटकसम्म अस्पतालमै लगेर डायलाइसिस गरिन्छ ।

अस्पतालको विज्ञप्ति यस्तो छ 

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  १० : ४० बजे

इन्जुरी समयमा सालाहको गोल, लिभरपुल १–० विजयी

काठमाडौं – प्रिमियर लिगमा लिभरपुलले लगातार चौथो जित दर्ता गर्दै

एसिया कप : भारतलाई पाकिस्तानले दियो १२८ रनको लक्ष्य

काठमाडौं – एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई जितका

आन्दोलनको क्रममा चोरी भएका सामग्री फिर्ता गर्न अख्तियारको अनुरोध

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भदौ २४ गते भएको

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र