नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू) « Khabarhub

नेवार समुदायले यसरी मनाए म्हपूजा (तस्बिरहरू)


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । नेवार समुदायको परम्परागत र मौलिक चाड रुपमा मनाइने म्हपूजा आज विधिवत् रूप मनाइएको छ ।

नेपालभाषामा ‘म्ह’ को अर्थ शरीर हुन्छ त्यसकारण पनि मह पूजा भन्नेले आफ्नो शरीरको पूजा भन्ने अर्थ लाग्दछ ।
त्यसैले आफ्नो शरीरलाई आफैले पूजा गर्ने संस्कृति नै म्हपूजा हो र कसैले यसलाई आत्माको पूजा पनि भन्ने गर्दछन् ।

मध्यपुर थिमिको धर्मसुन्दर बज्राचार्यका अनुसार म्हपूजा दिन आफ्नो शरीरको पूजामात्र नगरिने उनले जानकारी दिए, दैनिक जीवनमा प्रयोग हुने घरायसी सामग्रीहरु कुचो, गाग्री, नाङ्लो लगायतका सामग्रीको पनि पूजा गरिने प्रचलन रहेको जानकारी दिए ।

म्हपूजा गर्दा सर्वप्रथम आफू बस्ने आसनको अगाडि एउटा मन्दः (मण्डल) बनाउने गरिन्छ । व्यक्तिको प्रतीकको रूपमा मन्दः
बनाउने र व्यक्तिलाई गरिने सम्पूर्ण पूजाहरू सोही मन्दःमा गरिने गरिन्छ ।

मन्दः बनाउँदा त्यसमा जीवनका विभिन्न अवस्थाहरूको प्रतीक स्वरुप पानीको चक्का, तेलको चक्का बनाई त्यसमा म्हपूजा गर्दा मानिसको जीवनमा अन्धकार नाश होस् भनी लामो इताः मत बाल्ने गरिन्छ जसलाई खेलुइताः भनिन्छ । त्यस्तै नेवार समुदायका बौद्ध धर्मालम्बीहरुले विशेष स्वस्ती पाठ गर्ने चलन पनि रहेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  १० : ०४ बजे

राहत र उद्धारमा छैन माथिदेखि तलैसम्म समन्वय, बालेनले संसद्‍मा सुनाए हुँदै नभएका कुरा

काठमाडौं– रसुवागढी नाकास्थित नेपाल–चीन सीमामा गत बुधबारको भयानक बाढी-पहिरोबारे प्रधानमन्त्री

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट सञ्चालन

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बाढी प्रभावितलाई राहत सहयोग

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी

‘जलवायु परिवर्तनकै कारण भोटेकोशीमा निम्तियो विनाशकारी बाढी’

यही भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट

रसुवा बाढीपीडित प्रहरी परिवार र विपद् कोषमा आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौं– नेपाल प्रहरीले बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारलाई प्रहरी कर्मचारीबाट