चिसोमा सुन्तला खानुको फाइदा « Khabarhub

चिसोमा सुन्तला खानुको फाइदा


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वास्थ्य र फुर्तिलो रहन दैनिक फलफूल पनि खानुपर्ने हुन्छ । फलफुलमा हुने रसले शरीरलाई निकै फाइदा गर्छ । फलफुलमा पानीको मात्रा अधिक हुने भएकाले पानी कम खाने व्यक्तिका लागि पनि फलफुल खानु फाइदाजनक छ ।

अझै चिसोको समयमा मानिसहरु पानी कम खान्छन् । पानी कम खादा शरीरलाई असर पर्छ । त्यसैले चिसोको समयमा फलफुल खानुपर्छ ।

जाडोयाममा पाइने मौसमी फलफुल हो सुन्तला । त्यसैले आज हामी तपाईलाई सुन्तला खानुको फाइदाबारे जानकारी दिदैछौं ।

पेट सम्बन्धि समस्या
सुन्तला खादा पेट सम्बन्धि रोग लाग्नबाट बचाउँछ । सुन्तलाले अल्सरको संक्रमण कम गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
सुन्तलाको नियमित सेवन गर्नु स्वास्थ्यका लागि निकै उपयोगि छ । सुन्तलाले तपाईको शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।

मोटोपना कम गर्न
सुन्तलाको सेवनले मोटोपना कम गराउँछ । त्यसैले तपाई अत्याधिक मोटो हुनुहुन्छ भने सुन्ताला खानुस् ।

आँखालाई फाइदा
सुन्तलामा हुने भिटामिनले आँखालाई स्वास्थ्य राख्न सहयोग पुर्‍याउँछ ।

कफ निकाल्न
तपाईको घाटीमा कफ जमेको छ ? जसले गर्दा तपाईलाई असहज महसुस हुन्छ । यदी यस्तो समस्या भएमा सुन्तला खानुस् । सुन्तलाले तपाईको घाँटीमा हुने कफ निकाल्छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १ : १४ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।