पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्दै, अझै चिसो बढ्ने अनुमान « Khabarhub

पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्दै, अझै चिसो बढ्ने अनुमान


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल जम्मू–कश्मीर माथि रहेको न्यून चापीय प्रणाली नेपालको पश्चिमी क्षेत्रमा आउने क्रममा रहेको मौसमविद वरुण पौडेलले बताएका छन् ।

मंगलबार बेलुकासम्म सो प्रणाली नेपाल प्रवेश गर्ने र त्यसले गर्दा मौसम बदली हुने उनले बताएका छन् । मंगलबार पश्चिमका उच्च पहाड तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने मौसमविद पौडेलले बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणाली बुधबार बेलुकासम्म सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमा समेत मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको उनले बताए ।

सो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि बदली हुने र न्यूनतम तापक्रम अति कम भइ देशभरि चिसो बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार र बिहीबार पश्चिमी क्षेत्रका धेरै ठाउँ र मध्य तथा पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाइएको छ । पश्चिमी न्यून चापीय प्रणाली शुक्रबारसम्म नै सक्रिय रहने छ ।

उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुन सक्ने र पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा हुने तथा तापक्रममा गिरावट हुने सम्भावना रहेकाले हिमपात र चिसोबाट बच्न सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।

तर मंगलबार भने यसको प्रभाव त्यति नपर्ने मौसमविद पौडेलले बताएका छन् । हाल देशका पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार दिनभरजसो पश्चिम र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी क्षेत्रमा मौसम सफा सम्भावना छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । पश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

काठमाडौँ उपत्यकासहितका क्षेत्रमा मंगलबार केहीबेर आंशिक बदली भए पनि दिउँसो मौसम खुल्ने देखिएको छ । तराईका क्षेत्रमा लागेको हुस्सु र कुहिरो दिउँसो केही समय खुल्ने जनाइएको ।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम मंगलबार बिहान १.५ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर १७ डिग्रीसम्म पुग्ने सम्भावना छ ।

मौसमको ३ दिने पूर्वानुमान
पुस १५ गते (मंगलबार)

दिउँसो : देशको पश्चिमी तथा मध्य भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक /दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

पुस १६ गते (बुधबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमी र पुर्वि पहाडी भु-भागमा हल्का बर्षाको सम्भावना छ। उच्च पहाडि र हिमालि भु-भागमा हल्का देखि मध्यम खालको हिमपात पानि हुने सम्भावना छ।

राति : देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ। उच्च पहाडि र हिमालि भु-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ।

पुस १७ गते (बिहिबार)

दिउँसो : देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना छ। उच्च पहाडि र हिमालि भु-भागमा मध्यम देखि भारी हिमपातको सम्भावना छ।

राति : देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का देखि मध्यम बर्षाको सम्भावना छ। उच्च पहाडि र हिमालि भु-भागमा मध्यम देखि भारी हिमपातको सम्भावना छ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ७ : ४९ बजे

शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न गिरोह पक्राउ

गण्डकी– पोखरामा भएका शृङ्खलाबद्ध चोरीका घटनामा संलग्न चार विदेशी नागरिकसहित

लहानमा रासायनिक मलको पर्याप्त मौज्दात, थप आपूर्ति पनि हुँदै

जनकपुरधाम– लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले मलको पर्याप्त मौज्दात रहेको स्पष्ट

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

सुनसान हुलाक कसरी बन्यो सर्वत्र खोजीको निकाय ?

सरकारको १०० दिने कार्यसूचीमा परेसँगै वर्षौंदेखि ओझेलमा परेको हुलाक सेवा

विश्वकप फाइनल: स्पेन बलियो भएको सुपरकम्प्युटरको अनुमान, उपाधि रक्षा गर्ने दाउमा अर्जेन्टिना

न्युयोर्क – लामो समयदेखि जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६