जहाँ मन्दिरबाट प्रसादका रुपमा बाँडिन्छ भक्तजनलाई सुनचाँदीका गर-गहना ! « Khabarhub

जहाँ मन्दिरबाट प्रसादका रुपमा बाँडिन्छ भक्तजनलाई सुनचाँदीका गर-गहना !


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- सामान्यतयाः मन्दिरमा पुगेका भक्तजनलाई मुल पुजारीले फूलपाती र अक्षता प्रसादका रुपमा दिने गर्छन् ।

मन्दिरमा पुग्ने सबैले अरुको प्रसादका लागि मन्दिरबाट ल्याउने भनेको फूलपाती र अक्षेता नै हो । तर कुनै मन्दिरमा प्रसादका रुपमा सुन चाँदीका गहना वितरण हुन्छ भन्ने पत्याउन मुस्किल नै पर्छ । तर भारतमा एक यस्तो मन्दिर छ जहाँ प्रसादका रुपमा भक्तजनालई गहना वितरण गरिन्छ ।

यो मध्यप्रदेशस्थित रतलाममा रहेको महालक्ष्मीको मन्दिर हो । यो दुनियाको एउटा मात्र यस्तो मन्दिर हो जहाँ प्रसादको रुपमा दर्शनार्थीले सुनचाँदीका गहना पाउँछन् । वर्षमा केही दिन मात्र उक्त मन्दिरमा कुबेरको दरबार लाग्छ । त्यस समयमा भक्तजनलाई प्रसादको रुपमा सुन तथा चाँदीका गहनाका साथै नगद समेत दिने परम्परा छ ।

वर्षका अन्य दिनमा ठूलो संख्यामा आउने भक्तजनले मन्दिरमा प्रसस्त सुनचाँदी तथा भेटी चढाएका हुन्छन् । दिपावली लगायतका पर्वमा यस मन्दिरमा भक्तजनले गरगहना चढाउने गर्छन् । अन्य दिनहरुमा भक्तजनहरुले चढाएका सुनचाँदी र धनमध्येको केही भाग कुबेर दरबारको पर्व लागेको बेला भक्तजनलाई प्रसादको रुपमा प्रदान गर्ने गरिन्छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ९ : ०० बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा