सभामुखको चयन सत्तारुढ दलबाटै : सञ्चारमन्त्री बाँस्कोटा « Khabarhub

सभामुखको चयन सत्तारुढ दलबाटै : सञ्चारमन्त्री बाँस्कोटा


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउने बताएका छन् ।

कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान प्रेस सङ्गठन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्य दललाई यो पद नदिने सङ्केत गरे ।

‘सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन्’, मन्त्री बाँस्कोटाले भने, ‘सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो पदका विषयमा सहमति भइसकेको छ ।’ उनले सभामुखको विषय चाँडै टुङ्गो लाग्ने जानकारीसमेत दिए ।

सरकारले सम्भावनाहरुको खोजी गर्दै प्रगतितर्फ मुलुकलाई डोर्‍याउँदै लगिरहेको बताउँदै उनले ठूला विकास निर्माणका परियोजनामा भइरहेका ढिलासुस्ती पनि हट्दै गएको जिकिर गरे।

उनले सुदूरपश्चिममा प्रदेशस्तरको अस्पताललाई स्तरोन्नति गर्ने, मध्यपहाडी लोकमार्ग शुरुवात र दार्चुलाको ब्याससम्म मोटरेबल सडक निर्माणलगायतका काममा सरकारले बजेट विनियोजन गरेर अघि बढेको जानकारी दिए ।

त्यसैगरी स्थानीय, प्रदेश र सङ्घीय गरी तीन वटै सरकार कानून निर्माणमा जुटिरहेको बताउँदै मन्त्री बाँस्कोटाले मुलभूतरूपमा संसद्मा दर्ता र विभिन्न समितिमा गरी ४५/४६ पेश भएका कानूनलाई अन्तिम रूप दिइने बताए।

त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण सरकारले त्यसै नछाड्ने मन्त्री बाँस्कोटाले बताए । विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै उनले घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याएर छाड्ने जानकारी दिए।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ९ : ५८ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६