नेपाल भ्रमण वर्षको लोगो टिपर र ट्रकमा « Khabarhub

नेपाल भ्रमण वर्षको लोगो टिपर र ट्रकमा


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल भ्रमण वर्ष–२०२० को शुरुआतसँगै टिपर तथा ट्रकमा नेपाल भ्रमण वर्षको लोगो टाँसिएको छ ।

नेपाल टिपर तथा ट्रक व्यवसाय समितिले सोमबार एक कार्यक्रममा २०० टिपर तथा ट्रकमा भ्रमण वर्षको लोगो टाँसेको हो ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन उक्त अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले पछिल्लो समय टिपर तथा ट्रक दुर्घटना बढ्दै गएको भन्दै यसलाई न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष यादवलाल श्रेष्ठले सरकारको नेतृत्वमा शुरु भएको भ्रमण वर्षलाई सफल बनाउन चालिएको कदम सराहनीय भएको बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ प्रदेश नं ३ का संयोजक धर्म रिमाल, समितिका अध्यक्ष रामकुमार चापागाईँलगायतले देशभर रहेका सबै टिपर तथा ट्रकमा भ्रमण वर्ष अङ्कित लोगो टाँसिने बताए ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १० : १७ बजे

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा