जंगली हात्तीको आक्रमणबाट लाखौंको क्षति « Khabarhub

जंगली हात्तीको आक्रमणबाट लाखौंको क्षति


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– सप्तरीको विभिन्न स्थानमा जंगली हात्तीको समूहले १ दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्‍याएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका चार/पाँच वटा हात्तीको समूहले सप्तकोशी र खड्ग नगरपालिकामा घरको पर्खाल, टाटी भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्‍याएको सप्तरी प्रहरीले जनाएको छ ।

हात्तीको समूहले सप्तकोशी नगरपालिका–९ बस्ने भरत यादव, ललन खङ्ग, वडा नं ११ का सन्तोषकुमार खङ्ग, राजेन्द्रप्रसाद साह, अशोकप्रसाद साह र दिनेश सरदारको फुसको घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्‍याएको छ ।

हात्तीले घर भत्काउँदा भरतको रु १० हजार, ललनको रु ७० हजार, सन्तोषको रु १५ हजार, राजेन्द्रको रु २० हजार, अशोकको रु ३० हजार र दिनेशको रु २० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिए ।

यसैगरी खड्क नगरपालिका–४ अमहाटोलमा हात्तीले ऐसा खातुनको घरको पर्खाल भत्काई घरमा रहेको १२ बोरा चामल खाई नष्ट गर्दा १ लाख २० हजार बराबरको क्षति भएको छ । सोही ठाउँका मखन चौधरीको टिनको छानो र बाँसको टाटी भएको एक घर हात्तीले पूर्णरूपमा भत्काउँदा रु एक लाख बराबरको क्षति भएको छ ।

सीताराम सदाको घर भत्काउँदा १ लाख ३० हजार, मखन चौधरीको टिनको छानो र बासको टाटी भएको दुई घर भत्काउँदा ४० हजार, मुखालाल चौधरीको तीन घर भत्काउँदा १ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै वीरेन्द्र सदा, रजित चौधरी, सुखैर चौधरी, लोलाइ सदा, इन्द्रजित सदा, सुरुज सदा, सुखैर चौधरीको घर भत्काउँदा २०/२० हजार रुपैयाँ बराबरको क्षति भएको पीडितहरुले बताएका छन् ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ११ : २१ बजे

सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक विधायन व्यवस्थापन समितिमा

काठमाडौं– सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि

सांसदले उठाएको प्रश्नको जवाफ तीन दिनभित्र दिन सभामुखद्वारा सरकारलाई निर्देशन

काठमाडौं– आज प्रतिनिधिसभाको बैठकमा सांसद गोपाल शर्मा र आशिका तामाङले

बाढीपहिरो प्रभावितको उद्धार र राहतका लागि सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर अविरल वर्षाका कारण बाढीपहिरोले

साउन महिनामा ३ अर्ब ७७ करोड वैदेशिक लगानी स्वीकृत, १८८ साना उद्योगमा आकर्षण

काठमाडौं- आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा ३

बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्नेछौँ : मन्त्री यादव

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवा बाध्यात्मक वैदेशिक