पानीले भरिएको ट्याङ्करले सोह्रखुट्टेमा दियो ६ वटा गाडीलाई ठक्कर, चालक फरार « Khabarhub

पानीले भरिएको ट्याङ्करले सोह्रखुट्टेमा दियो ६ वटा गाडीलाई ठक्कर, चालक फरार


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेमा पानी बोक्ने एउटा ट्यांकरले ६ वटा गाडीलाई ठक्कर दिएको छ।

मंगलबार बिहान बुढानिलकण्ठको गोल्फुटारबाट आइरहेको बा ३ ख ९४५० नम्बरको पानीले भरिएको ट्यांकरले ‌स्रोहखुट्टेको ओरालोमा ५ वटा गाडी र एउटा मोटरसाइकललाई ठक्कर दिएको हो ।

गाडीलाई ठोक्दै गुडेको ट्यांकर पछि वीरबहादुर तामाङ र विषयजंग गुरूङको घरमा ठोक्किएर रोकिएको थियो । ट्यांकर ठोक्किएको घरमा सामान्य क्षति भएको छ ।

ट्यांकरले ४ वटा कार, एउटा बस र एउटा मोटरसाइकललाई ठक्कर दिएको हो । ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकलाई सामान्य चोट लागेको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जानकारी दिएको छ ।

प्रहरीले ट्याङ्कको ब्रेक फेल भएको विवरण प्राप्त भएको जनाएको छ । गाडीलाई ठक्कर दिने ट्याङ्करका चालक भने फरार छन् । प्रहरीले चालकको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १ : ०५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौँ – आज २०८३ साल वैशाख ६ गते आइतबार। वैशाख

आज २०८३ साल वैशाख ६ गते आइतबारको राशिफल 

काठमाडौँ – आज २०८३ साल वैशाख ६ गते आइतबार। वैशाख

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

सल्यान – सल्यानमा शनिबार बेलुका जन्ती बोकेको जिप दुर्घटना हुँदा

किएभमा गोली चल्दा कम्तीमा पाँच जनाको मृत्यु

किएभ – युक्रेनको किएभको एक आवासीय जिल्लामा शनिबार भएको गोलीकाण्डमा