धनगढीबाट २ किलो ‘नक्कली’ सुनसहित १ जना पक्राउ « Khabarhub

धनगढीबाट २ किलो ‘नक्कली’ सुनसहित १ जना पक्राउ


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको धनगढीमा २ किलो ४ सय ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित १ जना पक्राउ परेका छन् ।

धनगढी बसपार्कबाट १ जनालाई २ किलो सुनजस्तो देखिने पहेँलो धातुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाश ठाकुरले जानकारी दिए ।

प्रारम्भिक परीक्षणका क्रममा बरामद भएको बस्तु नक्कली सुन भएको भेटिएको इन्सपेक्टर ठाकुरको भनाइ छ ।

‘बरामद भएको बस्तु सुनजस्तो देखिन्छ । तर, सक्कली हो कि हैन भनेर सुन चाँदी व्यवसायीकहाँ लगेर प्रारम्भिम परीक्षण गरेका छौं,’ ठाकुरले खबरहबसँग भने, ‘प्रारम्भिक परीक्षणका क्रममा उक्त बस्तु सुन नभएको देखिएको छ । यद्यपि, विस्तृत परीक्षणका लागि ल्याब पठाएको छौं । ल्याब रिपोर्ट आएपछि मात्रै थप भन्न मिल्छ ।’

प्रहरीले सुनजस्तो देखिने बस्तुसहित १ जना पक्राउ गरेको जनाए पनि नाम भने सार्वजनिक गरेको छैन ।

उक्त प्रकरणमा अन्य व्यक्ति पनि संलग्न भएको देखिएका कारण अन्य व्यक्तिको खोजीमा असर पुग्ने भन्दै प्रहरीले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गर्न नमिल्ने जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ४ : ४३ बजे

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको

काबुलस्थित एक अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, कम्तिमा ४०० जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा

रास्वपा सभापति लामिछानेमाथिको मुद्दा फिर्ताविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि लागेको सहकारी