त‍स्वीरमा तमु ल्होसार | Khabarhub Khabarhub

त‍स्वीरमा तमु ल्होसार



काठमाडौं– आज देशभरका गुरुङ समुदायले तमु ल्होसार भव्य रुपमा मनाएका छन् । पुरानो वर्ष बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै मंगलबार गुरुङ समुदायले ‘तमु ल्होसार’ धूमधामसाथ मनाएका हुन् ।

तमु ल्होसारका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको विशेष कार्यक्रमको गुरुङ समुदायको उल्लेख्य उपस्थिति रहेको थियो । उनीहरु मौलिक पोषाकमा सजिएका थिए । युवावर्गहरु पनि सेल्फीमा रहमाउँदै थिए ।

महिलाहरु शिरबन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यू र मजेत्रो लगाएर सजिएका थिए भने पुरुषहरूले टोपी, भोटोमाथि भाङ्ग्रो लगाई कछाड र पटुकी बाँधी समूह बनाएर घाटु, सोरठी, कौडा नाचको व्यस्त बनेका थिए ।

‘तमु’ गुरुङ जातिलाई जनाउने अर्को नाम हो । गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ल्होसार’ भनिन्छ ।

तमु संस्कृतिअनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित हुन्छ । सोमबार मध्यरातमा गुरुङसमुदायले मृग बर्गको विदाई गरे च्यू ल्हो अर्थात मुसा बर्गको स्वागत गरेका हुन् ।

परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हुन्छ ।

 

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ४ : ५२ बजे

प्रधानमन्त्री दाहालले आज कोप–२८ सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन

लालपुर्जा पाइने भएपछि स्थानीय खुसी 

कैलाली– कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमले एक बिघा

भरतपुर अस्पतालमा आईसीयू शय्या थपियो 

चितवन– भरतपुर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा शय्या थप

साउदी प्रो लिग : रोनाल्डो सम्मिलित अल नासरको लज्जास्पद हार

काठमाडौँ– साउदी प्रो लिगमा पोर्चुगिज खेलाडी क्रिष्टियानो रोनाल्डोसम्मिलित अल नासरले

यो साताका २० तस्बिर

कञ्चनपुरस्थित महाकाली नदी माथिको चार लेनको पक्की पुल । उक्त