मुद्दा मिलाउन ‘घुस लिने’ दोलखाका तत्कालीन सीडीओ रिजाल पक्राउ « Khabarhub

मुद्दा मिलाउन ‘घुस लिने’ दोलखाका तत्कालीन सीडीओ रिजाल पक्राउ


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) उपसचिव खगेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको छ ।

आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तहरुसँग घुस लिएको आरोप लागेका रिजाल अहिले निलम्बनमा छन् ।

रिजालमाथि लागेको सोही आरोपको थप अनुसन्धानका लागि भन्दै अख्तियारले मंगलबार उनलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारका केन्द्रीय प्रवक्ता प्रदीपकुमार कोइरालाले रिजाललाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।

अभद्र व्यवहार सम्बन्धी मुद्दामा पक्राउ परेका अभियुक्तसँग रिजालले ९० हजार घुस लिएको विषय सार्वजनिक भएको थियो ।

घुस लिएको विषय सार्वजनिक भएपछि गृह मन्त्रालयले गत बिहीबार नै उनलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानेको थियो ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ५ : ३० बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच