आविष्कार केन्द्रलाई विद्यार्थीको सहयोग « Khabarhub

आविष्कार केन्द्रलाई विद्यार्थीको सहयोग


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आफ्नो खाजाको रकम बचाएर काठमाडौँ चावहिलस्थित एपेक्स लाइफ स्कूल र त्यहाँ अध्ययनरत विद्यार्थीले राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक लाख एक हजार पाँच प्रदान गरेका छन् ।

कीर्तिपुरमा आज आयोजित कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपाने र विद्यार्थीले केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम प्रदान गरे ।

नेपाली माटो सुहाउँदो ज्ञान, विज्ञान र अनुसन्धान गर्न खोलिएको केन्द्रमा सरकारको नजर पर्न नसकेको अवस्थामा विद्यार्थीले खाजा रकमबाट बचाएको रकममा विद्यालयले समेत सहयोग गरी उक्त रकम प्रदान गरिएको निर्देशक न्यौपानेले बताए । “सरकारले सहयोग गर्नुपर्ने व्यक्तिलाई रचनात्मक र सिर्जनात्मक काम भनेर साङ्केतिक रुपमा हामीले सहयोग गरेका हौ‌ं, विद्यालयका निर्देशक न्यौपानेले भने ।

सो अवसरमा केन्द्रका सञ्चालक पुनले खोज अनुसन्धानमा राज्यले सहयोग नगरेको र न्यून ब्याजदरमा ऋणसमेत उपलब्ध नभएको अवस्थामा पनि जनस्तरको सहयोगमा अनुसन्धानका कार्यहरु भइरहेको उल्लेख गरे । केन्द्रमा विद्यार्थीले आफूले कुनै विषयमा अनुसन्धान गर्न चाहेमा आवश्यक सहयोग र सुविधा प्राप्त गर्नसक्ने उनले बताए ।

विसं २०४० सालमा स्थापना भएको यस विद्यालयमा एकदेखि दश कक्षासम्म करिब ४५० विद्यार्थी अध्ययनरत छन् । निर्देशक न्यौपानेका अनुसार विद्यालयले नेपाली संस्कार र आदर्श अनुरुप संस्कृत भाषा, नैतिक शिक्षाको पठनपाठनमा जोड दिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १० : २० बजे

जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची– भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना

देउवा र ओलीपछि प्रचण्डसँग सञ्चारमन्त्री खरेलको वार्ता

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित