घटेन घरमै प्रसूति गराउनुपर्ने बाध्यता | Khabarhub Khabarhub

घटेन घरमै प्रसूति गराउनुपर्ने बाध्यता


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा – जिल्लाको विकट महाभारत गाउँपालिका वडा नं. १ र २ का स्थानीय महिलाहरु गर्भवती भएर प्रसूति गराउन घण्टौँ हिँडेर स्वास्थ्य चौकी जानुपर्ने बाध्यताका कारण अझै पनि घरमा नै प्रसूति गर्नेको सङ्ख्या धेरै रहेको पाइएको छ ।

एकातिर भौगोलिक विकटता र अर्कोतिर बेथा लागेपछि स्वास्थ्य चौकी लैजाने मान्छेको अभावका कारण अझै पनि घरमा नै प्रसूति गराउनेको सङ्ख्या धेरै रहेको पाइएको गोकुले स्वास्थ्य चौकीका हेल्थ असिस्टेण्ट प्रविण कुँवरले बताए । उनका अनुसार अहिले पनि बेथा लागेपछि स्वाथ्य चौकी बोकेर ल्याउन नै गाह्रो हुने गरेको छ ।

गाउँघरमा बोकेर ल्याउने मान्छेसमेत कमी भएका कारण अझै पनि घरमा नै प्रसूति गराउनेको सङ्ख्या धेरै रहेको छ । घरमा नै प्रसूति गराउने चलन भएका कारण पनि त्यस्तो अवस्था आएको हो ।

स्वास्थ्य चौकीका अनमी हिरामाया घिसिङका अनुसार अघिल्लो आर्थिक वर्ष १८ र यस वर्ष ७ जना गरी २५ जनाले स्वाथ्य चौकीमा प्रसूति गराएका छन् । सरकारले गर्भवती भएपछि नियमित रुपमा चार पटकसम्म गर्भ जाँच गराएर स्वास्थ्य चौकीमा प्रसूति गराएबापत रु ८०० र यातायात खर्चस्वरुप रु दुई हजार गरी रु दूई हजार ८०० पाउने गरे पनि विशेष गरी स्वास्थ्य संस्थामा आएर प्रसूति गराउनेको सङ्ख्या कम रहेको उनले बताए । अहिले पनि वडा नं. १ र २ का सेवाग्राहीलाई स्वास्थ्य चौकीसम्म आइपुग्न भूगोलअनुसार डेढ घण्टादेखि चार घण्टासम्म लाग्ने गरेको घिसिङले बताए ।

भवन सुविधा सम्पन्न भए पनि अहिले सो स्वास्थ्य चौकी भवनमा दरबन्दीअनुसारको जनशक्ति छैन । विकट क्षेत्रमा दरबन्दीअनुसारको दक्ष जनशक्ति कम हुनुका साथै भूगोलका कारण घण्टौँ हिड्नुपर्ने बाध्यताले सेवा लिन आउनेको सङ्ख्या कमै हुने गरेको स्थानीयहरुको भनाइ छ ।

भौगोलिक विकटताका कारण प्रसूतिसम्बन्धी विगतमा भन्दा निकै सचेत भए पनि आउनेको सङ्ख्या कम भएका कारण आफूहरुले त्यसलाई सतप्रतिशत गराउन अभियान चलाएको वडा नं. १ का वडाध्यक्ष कान्छामान जिम्बाले बताए । “सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१, महाभारत गाउँपालिकाको १ र २, खानीखोला–४ लगायत गरी करिब तीन/चार घण्टा टाढादेखि हिँडेर आउनुपर्ने बाध्यता छ”, उनले भने ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ७ : २३ बजे

रौतहटमा करेन्ट लागेर वडाध्यक्षको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। जिल्लाको गौर

जलवायु परिवर्तनले संकटमा मनाङका चौँरी खर्क

मनाङ- हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–५ आइसलेक खर्कमा अहिले

जेनजी आन्दोलनमा आगजनी गरेको प्रमाणित गर्नुस्, सजाय भोग्न तयार छु: निश्चल बस्नेत

काठमाडौं – अभिनेता निश्चल बस्नेतले आफूले जेन–जी आन्दोलनका क्रममा ढुंगा

माओवादी र जेन-जी मिलेर चुनाव लड्नुपर्छ: प्रचण्ड

धनुषा- नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको

मनै लोभ्याउने पुनहिल

गण्डकी- झिसमिसेमै नपुगे पुनहिलको यात्रा अधुरो हुन्छ। पुनहिल गएर सूर्योदय