जेनजी आन्दोलनमा आगजनी गरेको प्रमाणित गर्नुस्, सजाय भोग्न तयार छु: निश्चल बस्नेत « Khabarhub

जेनजी आन्दोलनमा आगजनी गरेको प्रमाणित गर्नुस्, सजाय भोग्न तयार छु: निश्चल बस्नेत


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता निश्चल बस्नेतले आफूले जेन–जी आन्दोलनका क्रममा ढुंगा हानेको आरोपको खण्डन गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार एक स्टाटस लेख्दै आफूविरुद्ध भ्रमपूर्ण प्रचार भएको दाबी गरेका हुन् ।

बस्नेतले लेखेका छन्, ‘मैले कतैपनी ढुंगा हानेको, आगजनी गरेको प्रमाणीत गर्नुस, मलाई जे सजाय दिएपनि भोग्न तयार छु। प्रमाण खोज्दा म ढुंगा हान्दै थिए कि रोक्दै थिएँ, स्पष्ट हुन्छ, त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्दछु।’

उनले आन्दोलनमा गएको र भ्रष्टाचारविरुद्ध आवाज उठाएको कुरा स्वीकार गर्दै भनेका छन्, ‘म आन्दोलनमा गएको हो । भ्रष्टाचारको विरोध गरेको हो । मसंग फोटो र भिडियो खिच्न दाजुभाइ दिदीबहिनी आएका हुन्।’

बस्नेतले केही व्यक्तिहरूले भिडियोमा आफ्ना अनुकूल क्याप्शन राखेर गलत सन्देश फैलाउने प्रयास गरेको आरोप लगाएका छन्।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ८ : २२ बजे

रास्वपाको चुनावी भिडियो विवाद:’हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा

जवाफ थाहा भएका प्रश्नले किन पिरोल्छ ?

एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन

थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा थाइल्यान्डसँग

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन