घटेन घरमै प्रसूति गराउनुपर्ने बाध्यता « Khabarhub

घटेन घरमै प्रसूति गराउनुपर्ने बाध्यता


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा – जिल्लाको विकट महाभारत गाउँपालिका वडा नं. १ र २ का स्थानीय महिलाहरु गर्भवती भएर प्रसूति गराउन घण्टौँ हिँडेर स्वास्थ्य चौकी जानुपर्ने बाध्यताका कारण अझै पनि घरमा नै प्रसूति गर्नेको सङ्ख्या धेरै रहेको पाइएको छ ।

एकातिर भौगोलिक विकटता र अर्कोतिर बेथा लागेपछि स्वास्थ्य चौकी लैजाने मान्छेको अभावका कारण अझै पनि घरमा नै प्रसूति गराउनेको सङ्ख्या धेरै रहेको पाइएको गोकुले स्वास्थ्य चौकीका हेल्थ असिस्टेण्ट प्रविण कुँवरले बताए । उनका अनुसार अहिले पनि बेथा लागेपछि स्वाथ्य चौकी बोकेर ल्याउन नै गाह्रो हुने गरेको छ ।

गाउँघरमा बोकेर ल्याउने मान्छेसमेत कमी भएका कारण अझै पनि घरमा नै प्रसूति गराउनेको सङ्ख्या धेरै रहेको छ । घरमा नै प्रसूति गराउने चलन भएका कारण पनि त्यस्तो अवस्था आएको हो ।

स्वास्थ्य चौकीका अनमी हिरामाया घिसिङका अनुसार अघिल्लो आर्थिक वर्ष १८ र यस वर्ष ७ जना गरी २५ जनाले स्वाथ्य चौकीमा प्रसूति गराएका छन् । सरकारले गर्भवती भएपछि नियमित रुपमा चार पटकसम्म गर्भ जाँच गराएर स्वास्थ्य चौकीमा प्रसूति गराएबापत रु ८०० र यातायात खर्चस्वरुप रु दुई हजार गरी रु दूई हजार ८०० पाउने गरे पनि विशेष गरी स्वास्थ्य संस्थामा आएर प्रसूति गराउनेको सङ्ख्या कम रहेको उनले बताए । अहिले पनि वडा नं. १ र २ का सेवाग्राहीलाई स्वास्थ्य चौकीसम्म आइपुग्न भूगोलअनुसार डेढ घण्टादेखि चार घण्टासम्म लाग्ने गरेको घिसिङले बताए ।

भवन सुविधा सम्पन्न भए पनि अहिले सो स्वास्थ्य चौकी भवनमा दरबन्दीअनुसारको जनशक्ति छैन । विकट क्षेत्रमा दरबन्दीअनुसारको दक्ष जनशक्ति कम हुनुका साथै भूगोलका कारण घण्टौँ हिड्नुपर्ने बाध्यताले सेवा लिन आउनेको सङ्ख्या कमै हुने गरेको स्थानीयहरुको भनाइ छ ।

भौगोलिक विकटताका कारण प्रसूतिसम्बन्धी विगतमा भन्दा निकै सचेत भए पनि आउनेको सङ्ख्या कम भएका कारण आफूहरुले त्यसलाई सतप्रतिशत गराउन अभियान चलाएको वडा नं. १ का वडाध्यक्ष कान्छामान जिम्बाले बताए । “सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१, महाभारत गाउँपालिकाको १ र २, खानीखोला–४ लगायत गरी करिब तीन/चार घण्टा टाढादेखि हिँडेर आउनुपर्ने बाध्यता छ”, उनले भने ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ७ : २३ बजे

युक्रेनमा रूसी आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

युक्रेन- युक्रेनमा रूसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु

पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं – सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक पाँच हजारले वृद्धि गर्ने

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको

जीतपुर घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले बाराको

गरिमा चौधरीलाई न्याय माग गर्दै शान्तिवाटिकामा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई