पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध « Khabarhub

पहिरोले पोखरा-सिक्लेस सडक अवरुद्ध


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ। शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण मादी गाउँपालिका-१ पदुखोला क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

मादी-१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहे पनि आज बिहान खिलाङ र पार्चेबीचको पदुखोला क्षेत्रमा पहिरो खस्दा पर्यटकीय गाउँ सिक्लेस जाने बाटो बन्द भएको जानकारी दिए । मादी गाउँपालिकाको पहलमा निर्माण गरिएको पदुखोलाको रेलिङ तथा ढलान क्षति भएको उनले बताए।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सरोकार भएका निकायसँग आवश्यक समन्वय भइरहेको वडाध्यक्ष गुरुङले जानकारी दिए । 

‘सडक खुलाउन आवश्यक पर्ने उपकरणका लागि यहाँको हाइड्रोपावरसँग समन्वय गरिरहेका छौँ तर अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन’, उनले भने, ‘अब पोखराबाट विज्ञ प्राविधिक बोलाएर आज दिनभरिमा पहिरो पन्छाउनेछौँ ।’

सडक खुलाउन केही समय लाग्न सक्ने भएकाले सिक्लेस जाने पर्यटकलाई आइतबारसम्म यात्राको योजना नबनाउन वडाध्यक्ष गुरुङले आग्रह गरे। 

‘बाटो खुलाउन आइतबारसम्म लाग्न पनि सक्छ । त्यसैले सिक्लेस घुम्न आउने योजना बनाएका पर्यटकलाई आइतबारसम्म रोकिन आग्रह गर्दछौँ’, उनले भने।
 

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  १ : २३ बजे

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक