सांसदको तलब शिक्षकलाई | Khabarhub Khabarhub

सांसदको तलब शिक्षकलाई


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रतिनिधिसभा तनहुँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले भानु नगरपालिका–७ स्थित चण्डिकालाल प्राथामिक विद्यालयको एक शिक्षकलाई एक वर्षको तलब बराबरको रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सांसद श्रेष्ठले विद्यालयको ५१औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्राथामिक तहका एक शिक्षकलाई एक वर्षको तलब दिने घोषणा गरेका छन् ।

शिक्षक दरबन्दी कम भएको र विद्यालयको आन्तरिक स्रोतले छुट्टै शिक्षक राख्नसक्ने अवस्था नभएका कारण सांसद श्रेष्ठले एकजना करारको शिक्षकलाई सरकारी तलब स्केल बराबरको रकम आफ्नो व्यक्तिगत तबरबाट उपलब्ध गराउने घोषणा गरेका छन् ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित नहुन भन्ने उद्देश्यले शिक्षकको व्यवस्थाका लागि रकम उपलब्ध गराउन लागेको बताए ।

सांसद श्रेष्ठले हालसम्म सांसदका रुपमा आफूलाई राज्यले दिने मासिक तलब भत्ता सबै जिल्लाका विभिन्न सङ्घ संस्थालाई उपलब्ध गराउँदै आएका छन् ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ९ : ४० बजे

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने