फुलहामविरुद्ध जित निकालेको सिटी प्रिमियर लिगको शीर्ष स्थानमा « Khabarhub

फुलहामविरुद्ध जित निकालेको सिटी प्रिमियर लिगको शीर्ष स्थानमा


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फुलहामविरुद्ध जित हात पारेको म्यान्चेस्टर सिटी पुन इङ्ग्लीस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सिटीले फुलहामलाई २—० गोल अन्तरले पराजित गरेको हो ।

यसअघि लिभरपुल भन्दा २ अंकले पछि रहेको सिटी जितसँगै ७७ अंकसहित शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलको प्रिमियर लिगमा ७६ अंकरहेको छ ।

फुलहामविरुद्ध सिटीले खेलको सुरुआतमै अग्रता बनाउँदै खेलमा आफुलाई बलियो देखाएको थियो । जसमा खेलको ५ औं मिनेटमा बेर्नाडो सिल्भाले गोल गर्दै फुलहामलाई १—० गोलले पछि पारेका थिए ।

त्यस्तै, खेलको २७ औं मिनेटमा सिटीका सर्जियो अग्युरोले गोल गर्दै टिमलाई २—० गोलको अग्रता बनाएका थिए । पहिलो हाफमै २—० अघि रहेको सिटीले दोस्रो हाफमा भने गोल गर्न सकेन । सिटीविरुद्ध फुलहामका खेलाडीले दोस्रो हाफमा रक्षात्मक खेल्दै गोल हुनबाट जोगाएका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ५ : ४० बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा