बन्द हुने अवस्थामा कान्ति बाल अस्पताल, ६ आईसीयूसहित ४५ बेड कटौती « Khabarhub

बन्द हुने अवस्थामा कान्ति बाल अस्पताल, ६ आईसीयूसहित ४५ बेड कटौती


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–आजको नयाँ पत्रिका दैनिकले पनि लगानी सम्मेलन समापनको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ । १२ खर्ब लागनीको प्रारम्भिक आवेदन शीर्षकमा पत्रिकाले मुख्य समाचार छापेको हो ।

त्यसैगरी १३ सरकारी परियोजनामा लगानी आवेदन, निजी क्षेत्रका पनि १५ परियोजनामा विदेशी लगानीको घोषणा र समझदारी भएको पत्रिकाले समाचारमा जनाएको छ ।

लगानी सममेलनमा प्रस्तुत गरिएका ७७ मध्ये १७ वटा परियोजनामा लगानी गर्न विदेशी लगानीकर्ताले आवेदन दिएका छन् ।

दुई दिनसम्म चलेको लगानी सम्मेलनमा सहगभागसी विदेशी लगानीकर्ताले यषतायात ७, कसयषिका ३, लजिस्टिकका १, शिक्षाका २ र उर्जाका ४ परियोजनामा लागानीका लागि आवेदन दिएका हुन् । यी परियोजनाको कुल लगानी १२ खर्ब १५ अर्ब रुपैयाँ रहेको जनाएको छ ।

त्यसैगरी पत्रिकाले ‘पोखरा विश्वविद्यालयको अस्पष्ट सूचनाले ३९१ विद्यार्थीको भविष्य अन्योल शीर्षमा अर्को समाचार पहिलो पृष्ठमा छापेको छ ।

विश्वविद्यालयको अस्पष्ट भर्ना सूचनाका कारण स्नातक तह व्यवस्थापन संकाय पहिलो सेमेस्टरका तीन सय ९१ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । उनीहरुले परीक्षा दिने विषयमा भएको विवादले करिव २० हजार विद्यार्थीको परीक्षा स्थगित भएको समाचारमा जनाइएको छ ।

पत्रिकाले ८ महिनासम्म पनि बनेन नेकपाको आचारसंहिता शीर्षकमा अर्को समाचार छापेको छ । नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) सञ्चालनका लागि आवश्यक पर्ने नियम, विनियम, निर्देशिका र आचारसंहिता १५ दिनभित्र तय गर्न गठित कार्यदलले ८ महिनासम्म तोकिएको काम गर्न असफल भएको समचारमा उल्लेख छ ।

त्यस्तै पत्रिकाले बालबालिकाहरुको उपचारमा सेवा दिँदै आएको कान्ति बाल अस्पताल बन्द हुने अवस्थामा पुगेको समाचार पनि पहिलो पृष्ठमा छापेको छ ।

देशकै एकमात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवल्रस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६ बेड कटौती गरेको छ ।

अस्पतालका निर्देशक गणेश राई मन्त्रालयबाट सहयोग नभएको बताउँछन् भने स्वास्थ्यम्रन्त्री उपेन्द्र यादव समस्याबारे जानकारी नभएको बताउँछन् ।

तर चिकित्सक र नर्सको अभावकाले अत्यावश्यक शय्या कटौती भएको भए विकल्प खोज्ने मन्त्री यादवले बताएका छन् । कुनै पनि समस्याले सेवा अवरुद्ध हुनुहुँदैन । डाक्टर र नर्सको दरबन्दी लोकसेवाबाट खुलाउने मन्त्री यादवले बताएको पत्रिकामा उल्लेख छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ६ : १६ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न