स्कुटर चालकलाई घरमै बोलाएर पूर्वप्रधानमन्त्री चन्दले मागे माफी, एउटै गाडी किन्दा बिल फरक–फरक ! « Khabarhub

स्कुटर चालकलाई घरमै बोलाएर पूर्वप्रधानमन्त्री चन्दले मागे माफी, एउटै गाडी किन्दा बिल फरक–फरक !


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज चैत १७ गते आइतबार । आज प्रकाशित भएको नागरिक दैनिकले पहिलो पृष्ठमा तीन वटा समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेको छ ।

नागरिकले १७ परियोजनामा विदेशी इच्छुक भन्दै मुख्य समाचार प्रकाश गरेको छ । जसमा सरकारले लगानी सम्मेलनमा सोकेस गरेका ७७ परियोजनामध्ये १७ वटामा लगानी गर्न विदेशी लगानीकर्ता इच्छुक देखिएको उल्लेख गरिएको छ ।

त्यस्तै भीआइपीको पछुवा गाडीले ठक्कर दिएपछि शीर्षकमा पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको गाडीले शुक्रवार बानेश्वरमा स्कुटरलाई ठक्कर दिएको समाचार छापेको छ ।

चार तस्वीर सहित नागरिकले छापेको समाचारमा लेखिएको छ,‘पूर्वप्रधानमन्त्री चन्दले आफ्नो सुरक्षामा खटिएको पछुवा गाडीले ठक्कर दिएका स्कुटर चालक सन्तोष कुँवर र उनकी पत्नीलाई लोकन्थलीस्थित निवासमा बोलाएर घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

चन्दले शनिवार अपराह्न ५ बजेतिर स्कुटर चालकलाई आफ्नै निवासमा बोलाएर गल्ती भएको र माफीमागेको कुँवरले बताए ।

पूर्व प्रधानमन्त्री चन्दले केही भएको भए उपचार गर्छु भनेर आफूलाई भनेको कुँवरले बताएको भन्दै नागरिकले छापेको छ ।

त्यस्तै स्थानीय तहमा बढ्दै बेथिति शीर्षकको समाचार नागरिक दैनिकले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा जनाइए अनुसार स्थानीय तहको बजेट सवारी साधन खरिदमै सकिएको छ । र एकै खालका गाडीको मूल्यको बील पनि स्थानीय तह अनुसार फरक फरक रहेको पाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ६ : ५० बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको